सिंगापुर पर्यटनको प्रख्याती

हुन त सिंगापुर र नेपाल तुलना गर्न योग्य देश नै होइनन् † खास गरी विज्ञान, सूचना, प्रविधि, सञ्चार, भौतिक विकास, व्यक्तिगत आयस्रोत, मानिसको जीवनस्तर, आर्थिक स्थिति, जनस्वास्थ्य, शिक्षा, व्यापार, मानिसको औसत आयु, सडक, जल र हवाई यातायातमा मारेको फड्को आदिलाई लिने हो भने नेपाल र सिंगापुरबीच तुलना गर्नु भनेको ‘फेद’सँग मिल्ने तुलना हो, न त ‘टुप्पो’सँग मिल्ने तुलना हो । अझ भूगोल र जनसंख्याको आधारमा त नेपालभन्दा सिंगापुर कता हो कता सानो देश रहेको छ । त्यसो भए तापनि विदेशी पर्यटकलाई आकर्षित गर्न भने सिंगापुर गजबको देश हो । तर, पनि नेपालले सिंगापुरलाई जित्ने भनेको जनसंख्या र भूगोलमा हो । ’cause, जनसंख्याको आधारमा सिंगापुरभन्दा नेपाल धेरै ठुलो देशका रूपमा रहेको छ । त्यस्तै, भूगोलको आधारमा नेपाल सिंगापुरभन्दा ठुलै रहेको छ । नेपाललाई भूगोल र जनसंख्याको आधारमा हेर्दा विश्वकोे मध्यमस्तरको देश मानिन्छ । जबकि, सिंगापुर भूगोलका आधारमा हेर्दा लगभग अन्तिम देशमा दरिन्छ । जस्तै, भूगोलको आधारमा हेर्दा नेपाल विश्वको ९५औं स्थानमा रहेको छ । सिंगापुरचाहिं भूगोलको आधारमा हेर्दा विश्वको १९०औं स्थानमा रहेको देखिन्छ । त्यस्तै, जनसंख्याको आधारमा हेर्दा नेपाल विश्वको ४९औं देशको रूपमा रहेको छ भने सिंगापुरचाहिं विश्वको ११३औं देशमा दरिएको छ । ‘वल्र्ड पपुलेसन रिभ्यु’को रिपोर्टमा उल्लेख भएअनुसार हाल नेपालको जनसंख्या ३ करोड ८९ लाख ४८ हजार ६२७ पुगेको छ । त्यस्तै, सिंगापुरको जनसंख्याचाहिं ५९ लाख ८४ हजार ७५६ रहेको पुगेको छ । औसतमा बाँच्ने आयु आदिका आधारमा हेर्दा सिंगापुर नेपालभन्दा धेरै अगाडि रहेको छ ।

जस्तो कि, विश्वका विकसित देशको सूचीमा सिंगापुर १२औं स्थानमा रहेको छ । हुन पनि मानव विकास, विज्ञान, सूचना, प्रविधि, कलकारखाना, पर्यटन, व्यापार, सामुन्द्रिक बन्दरगाह, बैंक, वित्त, जल यातायात, सेवा क्षेत्र आदिका कारण सिंगापुर हाम्रो देशभन्दा धेरै अगाडि रहेको देखिन्छ । त्यस्तै, विश्व बैंकले सन् २०२१ मा जारी गरेको तथ्यांक अनुसार सिंगापुरको प्रतिव्यक्ति आय ७२ हजार ९४ अमेरिकी डलर पुगेको छ भने, नेपालको प्रति आय केवल १ हजार २२२ रहेको छ । उता ‘मानव विकास सूचांक २०२२’मा सूचीकृत देशको सूचीमा पनि सिंगापुर ११औं स्थानमा रहेको छ भने नेपाल १३९औं स्थानमा रहेको छ । यसरी हेर्दा भूगोल र जनसंख्याबाहेक सबै कुरोमा नेपालभन्दा सिंगापुर धेरै कुरोमा अगाडि रहेको देखिन्छ । त्यस्तै, विदेशी पर्यटक भित्याउने सन्दर्भमा पनि नेपाललाई सिंगापुरलाई सयौं वर्षसम्म भेटाउन नसक्ने देखिन्छ । हुन पनि यो लेखमा सिंगापुर र नेपालको पर्यटन आगमन संख्या’bout तुलनात्मक ढंगले केही लेख्ने प्रयास गरिएको छ ।

वार्षिक नेपालमा १ लाख ५० हजारले भ्रमण गर्दा सिंगापुरले ३३ लाख विदेशी पर्यटक भित्याउन सफल भएको छ

पछिल्लो तथ्यांकअनुसार सन् २०२१ मा सिंगापुरले ३३ लाख विदेशी पर्यटक भित्याउन सफल भएको छ । सो वर्ष नेपालमा चाहिँ १ लाख ५० हजार ९६२ विदेशी पर्यटकले मात्रै भ्रमण गरेको तथ्यांक रहेको छ । जबकि सन् २०१९ को डिसेम्बर अन्तिम ताका चीनबाट पैmलन सुरु भएको नोभेलकोरोना भाइरस (कोभिड–१९) महामारी कोरोना महामारीका रूपमा पैmलिएपछि सिंगापुरले आप्mनो देश भ्रमण गर्न आउने विदेशी पर्यटकलाई कडाइका साथ कोरोना महामारीसम्बन्धी नियम र कानुनपालना गराएको थियो । त्यसरी आप्mनो देश भ्रमण गर्न आउने विदेशी पर्यटकलाई त्यसरी कडाइका साथ नियम र कानुनहरू पालन गराउँदा पनि ३३ लाख विदेशी पर्यटक सिंगापुर भित्रिनु भनेको निश्चय नै ख्याल–ठट्टा होइन । त्यस्तै, सिंगापुर भ्रमणमा आएका ३३ लाख विदेशी पर्यटकबाट सन् २०२१ मा एक दशमलब नौ बिलियन सिंगापुरियन मुद्रा पनि आर्जन गर्न सफल भएको छ । सिंगापुर पर्यटन बोर्ड (एसटीबी) का अनुसार सन् २०१९ को डिसेम्बर अन्तिममा चीनबाट विश्वव्यापी रूपमा पैmलन सुरु भएको कोरोना महामारीकै बीच सन् २०२० मा पनि २७ लाख विदेशी पर्यटकले सिंगापुर भ्रमण गरेका थिए भने, ती विदेशी पर्यटकले ४ दशमलव शून्य ४ विलियन सिंगापुर डलर खर्च गरेका थिए ।

हाम्रो देश नेपालमा चाहिं सन् २०२० मा २ लाख ३० हजार ८५ विदेशी पर्यटकले भ्रमण गरेका थिए भने विदेशी पर्यटकबाट भएको आम्दानी २१ अर्ब ७ लाख नेपाली रुपैयाँ बराबरको विदेशी मुद्रा थियो । एसटीबीको तथ्यांकअनुसार सिंगापुरमा सन् २०१९ को तुलनामा सन् २०२० मा ८७ दशमलव ७ प्रतिशत कम विदेशी पर्यटकले भ्रमण गरेका थिए । यता नेपालमा चाहिं लगभग ९१ प्रतिशतले विदेशी पर्यटक आगमनमा कमी आएको थियो । त्यस्तै, एसटीबीको तथ्यांकअनुसार सन् २०१९ मा चाहिं सिंगापुरमा १९ दशमलव १ मिलियन अर्थात् १ करोड ९१ लाख विदेशी पर्यटकले भ्रमण गरेका थिए । साथै ती विदेशी पर्यटकले सिंगापुर भ्रमणका क्रममा २७ दशमलव ७ विलियन सिंगापुर डलर खर्च गरेका थिए । नेपालमा चाहिं सन् २०१९ मा ११ लाख ९७ हजार १९१ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । साथै सो वर्ष नेपाल भ्रमणमा आएका विदेशी पर्यटकबाट ७२ अर्ब ४३ करोड ३७ लाख नेपाली रुपैंया बराबरको विदेशी मुद्रा आम्दानी भएको तथ्यांक रहेको छ ।

हाल चालू (सन् २०२२) वर्षमा चाहिं ४० लाखदेखि ६० लाख विदेशी पर्यटकले सिंगापुरको भ्रमण गर्ने भनी एसटीबीले अग्रिम प्रक्षेपण गरेको छ । हुन पनि सन् २०२२ को प्रथम ६ महिनामै १५ लाखभन्दा बढी विदेशी पर्यटकले सिंगापुरको भ्रमण गरिसकेका छन् । एसटीबीको तथ्यांकमा जनाइएअनुसार सन् २०२० मा सिंगापुर भ्रमणमा आउने सबैभन्दा धेरै पर्यटक इन्डोनेसियाका रहेका थिए । त्यस्तै दोस्रोमा भारत, तेस्रोमा मलेसिया, चौथोमा अस्ट्रेलिया र पाँचौंमा फिलिपिन्स रहेका थिए । एसटीबीको पछिल्लो तथ्यांकमा जनाइएअनुसार सन् २०२० मा इन्डोनेसियन पर्यटक २ लाख ८२ हजार, भारतीय पर्यटक २ लाख १९ हजार, मलेसियन पर्यटक १ लाख ३९ हजार, अस्ट्रेलियन पर्यटक १ लाख २५ हजार एवं फिलिपिनी पर्यटक ८१ हजारले सिंगापुर भ्रमण गरेको देखिन्छ । त्यस्तै सन् २०२१ मा चाहिं ५४ हजार भारतीय पर्यटकले मात्रै सिंगापुरको भ्रमण गरेको देखिन्छ ।

हुन पनि हामीले विश्व भ्रमणमा निक्लने विदेशी पर्यटकको तथ्यांक सन् हेर्ने हो भने, २०१९ सम्मको तथ्यांकमा हरेक वर्ष चिनियाँ पर्यटक सिंगापुर भ्रमण गर्ने विदेशी पर्यटकको प्रथम स्थानमा रहने गरेका थिए । तथ्यांकअनुसार सन् २०१९ मा मात्रै ३० लाख ६४ हजार चिनियाँ पर्यटकले सिंगापुरको भ्रमण गरेका थिए । त्यस्तै, सो वर्ष ३० लाख ८ हजार इन्डोनेसियन पर्यटकले सिंगापुर भ्रमण गरेर दोस्रो स्थानमा रहेको देखिन्छ भने, १० लाख ४२ हजार भारतीय पर्यटकले सिंगापुर भ्रमण गरेर तेस्रो स्थानमा रहेका थिए । तर, चीन सरकारले आप्mनो देशबाट सन् २०१९ को डिसेम्बर अन्तितिर पैmलन सुरु भएको नोभेलकोरोना (कोभिड–१९) को महामारीपछि आप्mना देशका नागरिकलाई जताभाबी विदेश भ्रमण गर्न कडाइ गरेका कारण हालसम्म चिनियाँ नागरिक पर्यटक भिसामा विदेश भ्रमण गर्न निक्लेका छैनन् । सम्भवतः चीन सरकारले यो वर्षको अन्त्यतिर वा सन् २०२३ को सुरुतिरै आप्mना देशका नागरिकलाई विदेश (जुनसुकै देशमा) भ्रमण गर्न दिने निर्णय गर्ला कि ? किनकि, चीन सरकारले भर्खरै मात्रै आप्mनो देशको ध्वजावाहक विभिन्न एयरलाइन्स कम्पनीलाई विश्वका विभिन्न देशका सहरमा उडान सुचारु गर्ने अनुमति दिइसकेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाको २० सदस्यीय टोली चीन भ्रमणमा जाँदै