राष्ट्रपतिलाई उद्योग परिसंघले भेट्यो

काठमाडौं । नेपाल उद्योग परिसंघका व्यवसायीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निजी क्षेत्रका विविध समस्याहरू’bout जानकारी गराएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग व्यावसायिक क्षेत्रको उत्साह बढाएर देशको आर्थिक विकास तथा समृद्धि हासिल हुन सक्ने बताइन् । राष्ट्रपति निवास शीतलनिवासमा उद्योग परिसंघको प्रतिनिधि मण्डलसँगको भेटमा राष्ट्रपति भण्डारीले सरकार र निजी क्षेत्रको सहकार्यबाट आर्थिक विकासले गति लिन सक्ने बताएकी हुन् ।

उनले निजी क्षेत्रको विकास र समस्या समाधानमा आफ्नो सधैं सद्भाव रहँदै आएको पनि उल्लेख गरिन् । यसैगरी, उनले समष्टिगत आर्थिक विकासका एजेन्डा, रोजगारी सिर्जना तथा निजी क्षेत्रले उठाएका समस्या समाधानमा आफ्नो चासो र निरन्तर पहल रहने विश्वास दिलाइन् । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले देशको आर्थिक विकास तथा उद्योग व्यवसायको वातावरण सुधारमा राष्ट्रपतिबाट प्राप्त सन्देश निकै महŒवपूर्ण रहेको बताए ।

उनले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल सरकारसँग परिसंघले सघन सहकार्य गर्दै आएको पनि राष्ट्रपतिलाई जानकारी गराए । यसैगरी, अध्यक्ष मोरले सरकार र व्यवसायीबीचको विश्वासको वातावरण बनाउनुपर्ने र वातावरण बन्दा आर्थिक विकासमा थप मद्दत पुग्न जानेतर्फ राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए ।

यसैगरी, परिसंघले राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपालको उद्यमशीलता प्रवद्र्धनका लागि विभिन्न साझेदारहरूसँगको सहकार्यमा आयोजना गर्न लागेको दोस्रो उद्यमशीलता सम्मेलन’bout पनि जानकारी गराएका थिए । परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्मा, अन्य पदाधिकारीहरू, गभर्निङ काउन्सिलका सदस्यहरू तथा परिसंघको युवा उद्यमी मञ्चका पदाधिकारीहरूले उद्योगी व्यवसायीले भोगेका कानुनी झन्झट, विद्युत् खपत बढाउनेगरी महसुल तथा संरचनागत सुधारको आवश्यकता, आयात प्रतिस्थापन तथा निकासि प्रर्वद्धनमार्फत व्यापार घाटा कम गर्ने उपाय’bout आआफ्ना धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कारागार चलान

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
बराहपोखरी गाउँपालिकामा गठबन्धनबाट उठेका कांग्रेसका बञ्जरा बिजयी