मंगलमा पुतली हेलिकोप्टर

दुई वर्षअघिको कुरा हो । अमेरिकी स्पेस एडमिनिस्ट्रेसन (नासा)ले मंगल ग्रहमा थप नयाँ खोज र अनुसन्धानका लागि एक रोभरसँगै इन्जेन्यइटी नामक सानो हेलिकोप्टर पनि रकेटमार्फत् पठायो । साँच्चै नै, पर्सिभरेन्स रोभरको अवतरणसँगै यो हेलिकोप्टर पनि मंगल सतहमा सफलतापूर्वक उत्रियो र काम गर्न थाल्यो । यसले आफ्ना गतिविधिमा प्रगति गर्दै गयो ।

सुरुकै प्रयासमा सफलतापूर्वक मंगलको सतहबाट त्यहाँको आकाशमा उडान भ¥यो । मज्जासँग उडेपछि सफलतापूर्वक अवतरण पनि ग¥यो । पछिल्लो अमेरिकी स्पेस मिसनले बाजी मा¥यो । सन् २०२१ को फेब्रुअरी १८ तारेख साँच्चिकै स्मरणीय रह्यो ।

हेलिकोप्टर मंगल ग्रहमा उतार्ने पर्सिभरेन्स रोभर यसका लागि सदा स्मरणीय बनेको छ । पृथ्वीबाट नियन्त्रण गरी चलाइने इन्जेन्युइटी हेलिकोप्टर मंगलमा उतार्ने कार्यभार यान्त्रिक रूपमा यसैको थियो । जो पूर्णरूपमा सफल पनि भयो ।

यसले पृथ्वीमा आश्चर्यजनक सफलताको सन्देश दिन सफल भयो । यो नै मानव निर्मित स्वायत्त यन्त्रले अर्को ग्रहमा उडान भरेको पहिलो उदाहरण हो । यसले भविष्यमा ठुला जहाज उडानको सपना पनि देखाएको छ । पुतली आकारको सानो तर सजिलै उडान भर्न सक्नेगरी यो हेलिकोप्टर निर्माण गरिएको छ ।

पुतलीको पखेटाको गहिरो अध्ययन गरी यसको पनि त्यस्तै ढाँचाकाँचामा पंखा निर्माण गरिएका हुन् । ’round छवटा साना पंखा र बीचमा मुख्य भाग रहेको यो सानो पुतलीरूपी हेलिकोप्टर आकाशमा पुतली उडे झैं उड्छ । घुमेर फन्को लगाउँदा पनि पुतली झैं फन्को मार्छ ।

सतहमा ओर्लिंदा पुतली झैं छ्याप्प बस्ने यो हेलिकोप्टर सित्तिमित्ति क्र््याक भएर नभाँचिने गरी बनाइएको देखिन्छ । मंगल सतहमा बस्ने र उडान भर्ने करामत यसले देखाएपछि अन्तरिक्ष खोजमा नयाँ आयाम सुरु भइसकेको छ । मानव जगतलाई पहिलेभन्दा भिन्न कोण र उचाइबाट सोच्न सकिने तहमा यसले पु¥याएको छ ।

नासाका वैज्ञानिकले अबका दिनमा योभन्दा छिटो र योभन्दा माथि उडान भर्न सक्ने हेलिकोप्टर निर्माण गर्ने तथा त्यसको प्रयोग अन्य ग्रह तथा अन्तरिक्षमा पनि गरेर हेर्ने प्रयास जारी राखेको कुरा सार्वजनिक गरिरहेका छन् ।

‘गिनी’ भनी उपनाम दिइएको यो सानो ४ पाउन्डको हेलिकोप्टरले सोचे जस्तै काम गरिरहेको छ । अहिलेसम्म ग्रहको भूसतहमा पुग्ने र अनुसन्धान गर्ने मानव सोच अबका दिनमा विभिन्न ग्रहको आकाशमा विचरण गरी अनुसन्धानलाई विस्तृत बनाउने गरी सोच्ने ढोका खुला गरिदिएको छ, मंगलको इन्जेन्युइटी हेलिकोप्टरले ।
(स्रोत : हाम्रो ब्रह्माण्ड र न्युज एजेन्सीको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

epaper

ताजा समाचार

बालगोपालेश्वरको भाइटीका प्रभावित