सन्धिखर्क नगरपालिकामा रजिस्टर हाजिरी हटाएर ई–हाजिरी सुरु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले हाजिरी रजिस्टर हटाएको छ । योसँगै ई–हाजिरीमा हातको ल्याप्चे लगाउन सुरु गरेको छ । नगरपालिकाभित्र मात्र नभई सबै वडा कार्यालयका कर्मचारी र स्वास्थ्य संस्थाका कर्मचारी सबै कतिकति बेला नगरपालिकामा आए आएन्न भनेर हेर्न सकिने प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए ।

सुशासन र पारदर्शिता कायम गर्न नगरपालिकाको नयाँ प्रविधि प्रयोग गरेको उनले बताए । यस्तै, कर्मचारीको अनुपस्थितिको कारणले सेवाग्राहीको काममा कुनै पनि समस्या नदेखियोस् र कर्मचारी कार्यालय समयभित्र कतै जान नसकून् भनेर यो प्रविधि लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत भुसालको भनाइ छ ।

नगरपालिकामा सीसी क्यामेरा जडान
यस्तै, नगरपालिकाले नगरभित्रका ६४ स्थानमा सीसी क्यामेरा जडान गरेको छ । नगरपालिकाको कार्यालय वरिपरि, १२ वटै वडा कार्यालय, सन्धिखर्क र चुत्राबेसी बजारका मुख्यमुख्य चोक तथा गल्लीका साथै धार्मिक तथा पर्यटकीयस्थलमा सीसी क्यामेरा जडान गरिएको नगरपालिकाका रोजगार शाखा संयोजक हिरामणि पराजुलीले बताएका छन् । सीसी क्यामेरा सञ्चालनमा आएसँगै नगरभित्र हुने अपराध, अनुसन्धान, चोरी, लुटपाटलगायतका आपराधिक क्रियाकलाप न्यूनीकरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिएको योजना शाखा प्रमुख दिलिप केसीको भनाइ छ ।

बजारका मुख्य चोक, गल्ली, सुरक्षा संवेदनशील क्षेत्र, सबै वडा कार्यालयका साथै धार्मिक तथा पर्यटकीय स्थल सुपा देउराली मन्दिर, अर्घा भगवती मन्दिर, सिद्धेश्वर शिवालय र मथुराधाममा पनि क्यामेरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल महतले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 98 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजनीतिक नेतृत्वले जोखिम मोल्ने समय आयो: अर्थमन्त्री पुन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जनमोर्चा र माओवादी केन्द्र विजयी