पर्यटनका लागि सांस्कृतिक संस्थानमा अब साप्ताहिक कार्यक्रम

काठमाडौं । सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरले अब हरेक शुक्रबार बेलुका आन्तरिक तथा बाहय पर्यटकहरुका लागि साप्ताहिक सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’ आयोजना गर्ने भएको छ । आगामी चैतसम्म साप्ताहिक रुपमा आयोजना हुने यो कार्यक्रम बैशाखबाट पर्यटनको बृद्धि भएसँगै हप्तामा दुई पटकदेखि दैनिकसम्म आयोजना गरिने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले बताएका छन् ।

बुधबार संस्थानमा पत्रकार भेटघाट आयोजना गर्दै मन्त्री किरातीले मुलुकको अर्थतन्त्र बलियो बनाउट अब पर्यटनसँग सम्पदा र संस्कृति जोडेर एकिकृत परियोजना अघि सर्नु पर्ने भएकाले यो कार्यक्रम आयोजना गर्न लागिएको बताए,‘अहिले विश्वले पर्यटन प्रवर्धनसँग संस्कृति उधोगलाई जोड दिएको छ भने चीनको ३२ प्रतिसत आय संस्कृति उधोगले नै आर्यन गरेको छ । यस्तै अबस्थामा हाम्रो कला संस्कृतिलाई पर्यटक मार्फत विभिन्न देशमा फैलाउन पनि यो कार्यक्रम अपरिहार्य भएको हो ।’

मन्त्री किरातीले संस्कृति भनेको शक्तिशाली कूटनीति भएको बताए । विदेशी पर्यटकलाई लक्षित गर्दै सांस्कृतिक संस्थानले सुरु गर्न लागेको साप्ताहिक सांस्कृतिक कार्यक्रम ‘माटोको गीत’लाई शुक्रबार २९ मँसिरमा प्रधानमन्त्री पुष्ककमल दाहालले उद्घाटन गर्ने र पुषको पहिलो साताबाट यसलाई नियमित रुपमा अघि बढाउने पनि उनले बताए ।

कार्यक्रममा मन्त्री किरातीले भने,‘लोकसंस्कृतिको संरक्षण, प्रवद्र्धन तथा प्रस्तुतिका क्षेत्रमा क्रियाशील सांस्कृतिक संस्थानले सांस्कृतिक पर्यटनको विकासमा टेवा पु¥याउन, नेपालको प्रस्तुतिजन्य लोकसंस्कृतिलाई विश्वमाझ चिनाउन, देशभरका लोकसंस्कृतिकर्मी एवं कलाकारलाई चलायमान बनाउन तथा लोकसंस्कृतिलाई पुँजी निर्माणतर्फ अग्रसर गराउने उद्देश्यले यो परियोजना सुरु गर्न लागेको हो । यसमा सांस्कृतिक संस्थानका कलाकारसँगै विभिन्न स्थानीय निकायका कलाकारहरु पनि आएर नेपालका विभिन्न रैथाने संस्कृतिलाई प्रस्तुत गरिने छ ।’ अहिले लोकसंस्कृति प्रस्तुतिबाट सुरु हुने यो कार्यक्रममा चाँडै नै रैथाने खानालाई समेत जोडेर पर्यटकलाई लोक संस्कृतिसँगै रैथाने खानाको पनि स्वाद चलाउने मन्त्री किरातीले बताए ।

नेपाल पर्यटन बोर्डको सहकार्यमा आयोजना हुने यो कार्यक्रमले पर्यटनमा अझ धेरै टेवा पु¥याउने पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले बताए,‘यहाँका होटलहरुले कलाकार पालेर नेपाली लोक नाचगानहरु प्रस्तुत गर्न महँगो भयो भनिरहेको बेला सांस्कृतिक संस्थानमा हुने यो कार्यक्रम ती होटलहरुका लागि अझ उपयोगी हुनेछ । यहाँका होटल तथा पर्यटन सम्बन्धि संस्थाहरुले आफ्ना स्वादेशी तथा विदेशी पाहुनाहरुलाई यो कार्यक्रममा नियमित पठाउनले प्रतिबद्धता जनाएका छन् ।’

सांस्कृतिक संस्थानका महाप्रबन्धक राईले निकै लामो तयारी पस्चात यो कार्यक्रमलाई आयोजना गर्न लागिएको बताए । कार्यक्रमको रुपरेखा’bout उनले भने, हामीले विभिन्न जातजाति, समुदाय एवं भेगमा प्रचलित प्रस्तुतिजन्य लोककलालाई प्रस्तुत गर्नेछौं । सम्बन्धित चाडपर्व, ऋतु आदिलाई लक्षित गरेर हरेक साता केही फरक फरक प्रस्तुति दिने हाम्रो लक्ष्य रहेको छ ।’ कार्यक्रम’bout उनले अगाडि थपे,‘लोकसांस्कृतिक प्रस्तुतिसहित गौतम बुद्ध, अरनिको, भृकुटी –हरिततारा), सीतालगायत नेपालका विभूति एवं अग्रज साधकहरूलाई विश्वमाझ चिनाउन उहाँहरूको जीवनीलाई पनि संक्षिप्त रूपमा नाटकीकरण गरी यो कार्यक्रममा प्रस्तुत गर्नेछौं ।’

यो कार्यक्रममा सात ओटै प्रदेशका लोक संस्कृतिलाई आलो पालो काठमाडौं बोलाएर प्रस्तुत गर्न हरेक प्रदेशमा विज्ञहरुको समितिनै गठन गरेको पनि महाप्रबन्धक राईले जानकारी गराए । केन्द्रको लागि कार्यक्रम आयोजक समितिको सल्लाहकारमा डा.भक्त राई, प्रेमनाथ अधिकारी, धीरेन्द्र प्रेमषि, नारायणदेवी प्रधान, संयोजकमा प्राज्ञ अशोक राई र सदस्यहरुमा मनोज जोशी, कृष्ण गुरुङ, खड्ग बुढामगर र सुदर्शन थापा रहेको पनि उनले जानकारी गराए ।

यो कार्यक्रम यही २९ मंसिरमा उद्घाटन गरी पुस पहिलो सातादेखि सःशुल्क टिकटमा आयोजना गरिने पत्रकार भेटघाटका क्रममा जानकारी गरायो । कार्यक्रममा आउने नेपाली पाहुनालाई प्रतिव्यक्ति ५०० रुपैयाँ, भारतीय र चीनीयाँ नागरिकका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ र अन्य विदेशी पाहुनालाई प्रतिव्यक्त १५ सय रुपैयाँ शुल्क राखिएको पनि पत्रकारसम्मेलनमा जानकारी दिइयो । यो कार्यक्रममा रैथाने खाना समेत खुवाउने कार्यक्रम तय भएपछि यो शुल्कमा खानाको शुल्क पनि जोडियो आयोजक पक्षले जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुर्खेतमा कहाँ कसकाे वर्चश्व ?