पहिरो पीडितको गुनासो, ‘जग्गा पुरियो, राहत पाइएन’

दैलेख । नारायण नगरपालिका–४ स्थित ठाडीखोला बस्ने गौराकुमारी बिकको पहिरोले खेतलाई क्षति पुगेपछि उनलाई पछिल्लो समय गाँस र बाँसको समस्या परेको छ । बिकाशको नाममा गाउँमा जथाभावी डोजर प्रयोगले सडक खन्दा उनको खेत पुर्ण रुपमा क्षति भएपछि गाँस र बाँसको समस्याले सताएको छ।घटना घटेको ५वर्ष पुग्न लाग्दा पिडितले सरकारबाट आश्वासन मात्र पाएको राहत पाउन नसकेको पहिरो पिडित विकले गुनासो गरिन् ।

उनले भनिन् वर्षौंदेखि भोग चलन गर्दै आएको सडक क्रममा खेत पहिरो पुरिएपछि उनी चिन्तित बनेकी छिन् । बाउबाजेको पालादेखि नै उपयोग गर्दै आएको जग्गामा विभिन्न कृषि बाली धान राम्रै उब्जनी हुन्थ्यो । यसैबाट उनको परिवारको गुजारा दुःख सुखले चलेकै थियो । अहिले नाम निशाना नै पहिल्याउन नसक्ने गरी पहिरोले खेत क्षेति पु¥याएको विकको भनाइ छ ।

स्थानिय सरकारले मात्र पहिरो पिडितको समस्या सावधान गर्ने नसक्ने भएकाले प्रदेश र संघिय सरकारलाई सहयोग गर्न आग्रह गर्दा वजेट समेत नआएको नारायण नगरपालिका–४का वडाध्यक्ष चन्द्र बहादुर कटुवालले बताए । पिडितको विवरण पहिलेनै हामिले पठाइसकेको तर सरकारबाट ढिला सुस्ति भएको सरकारबाट भनेजस्तो सहयोग नहुँदा यो समस्या आएको वडाध्यक्ष कुटुवालले जानकारी दिए । फियानले नेपाल गर्दा वडामा धेरै सहयोग भएको उनले बताए। वडा संग भनेजस्तो बजेट नभए पनि आफुले वडाबाट नागरिकका समस्या लागीे पहल गर्ने उनले राजधानीलाई भने ।

यस्तै शिक्षा ,स्वास्थ्य,सिचाईका कामहरु समन्धित निकायबाट काम गरियोस् ,पहिरोले गर्दा पुरिएका खेति योग्य जमिनको पुनःव्यवस्थापन, पहिरोबाट पुरिएको खेतियोग्य जमिनको राहत , बाढी पहिरोबाट क्षति भएका घरधनीलाई राहत माग गरेको पहिरोबाट पिडित खाद्य अधिकार समुहका सदस्य पदम कुमारी मल्ले बताइन् ।

निर्वाचनका बेला सबै नेताले गाउँमा खानेपानी पु¥याउने आश्वासन दिएका भए पनि पहल कतैबाट नभएको स्थानीय प्रेम बहादुर थापामगरले गुनासो गरे ।उनले भने– ‘निर्वाचनका बेला नेता चिल्ला भाषण दिन्छन् । सोझासाझा नागरिकबाट फाइदा निकाल्छन् । खानेपानी शिक्षा,स्वास्थ्य जस्तो आधारभूत कुरामा पहुँच पु¥याउन आग्रह गरे पनि कसैले सहयोग गर्दैनन् । ‘सडक आसपासका क्षेत्रमा धेरै स्थानमा पहिरो जाने पहाडी भुभागमा खनिएको सडकले बस्तिनै जोखिमपुर्ण बनेको उनको उनले गुनासो गरे ।

नारायण नगरपालिका वार्ड नं–४ ठाडीखोला र भिरमौरामा बसोबास गर्दै आएका स्थानियले समन्धित निकायलाई सिचाँई कुलोको पुनःनिर्माण गरियोस् ,पहिरोले गर्दा पुरिएका खेति योग्य जमिनको पुनःव्यवस्थापन, पहिरोबाट पुरिएको खेतियोग्य जमिनको कर मिनाह, बाढी पहिरोबाट क्षति भएका घरधनीलाई राहत माग गरेका छन् ।स्थानीय सरकार गठन भएसँगै पहिलो प्राथमिकता स्वरुप सडकलाई दिएर धमाधम भिरपाखा खन्न थालेपछि अहिले त्यही खनिएको भिरालो जमिनमा पहिरो जान थालेको स्थानियको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

संसदमा धकेलाधकेल : मुठभेडमा कांग्रेस–एमाले

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाँचथरमा २ वटा वडामा स्वतन्त्र उम्मेदवार वडा अध्यक्षमा निर्वाचित