दाउद इब्राहिमको मृत्यु ?

भारतको दुष्मन नम्बर एक मानिने कुख्यात आतंककारी दाउद इब्राहिम कासकर मारिएको समाचारले निक्कै खलबली मच्चिएको छ । बताइएअनुसार दाउदलाई खानामा बिष दिइएको थियो । उनको १७ डिसेम्बरका दिन राति १० बजेको आसपास मृत्यु भएको बताइन्छ । यो खबरको आधिकारिक पुष्टि भने कतैबाट हुन सकेको छैन । हिजो दिनभर नै यो खबरले निक्कै प्रधानता पायो । विशेषगरी, युट्युबलगायत सामाजिक सञ्जाल र भारतका नाम चलेका ब्लगर एवं विश्लेषकबीच यो निक्कै चर्चाको विषय बन्यो ।

दाउदको मृत्युको खबर पुष्टि हुन नसके पनि उनलाई गम्भीर हालतमा पाकिस्तानको कराँचीस्थित एक ठूलो अस्पताल लगिएको भने लगभग पक्का भएको छ । अस्पतालको उनी रहेको तल्ला पुरै खाली गरिएको र सेनाको कडा सुरक्षाबीच राखिएको पनि पक्का खबर छ । पाकिस्तानमा अनायासै इन्टरनेट बन्द गरिएको थियो । पाकिस्तानका मूलधारका मिडिया मात्र नभई युट्युब च्यानललाई समेत दाउदसम्बन्धी समाचारमा ‘चुपरहन’ सरकारी आदेश प्राप्त भएको पनि बताइन्छ ।

यसैबीच दाउदका सम्धी पूर्वक्रिकेटर जाबेद मियाँदाद र उनको परिवारलाई समेत सैनिक घेरामा नजरबन्द राखिएको बताइन्छ । मियाँदादले दाउदका ’boutमा केही बोल्न नचाहेको समेत बताइन्छ । यो सबलाई हेर्दा दाउदका सम्बन्धमा केही ‘उल्लेखनीय घटना’ भएको भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

पाकिस्तानी सरकारका तर्फबाट यो खबर पुष्टि वा खण्डन दुवै हुने सम्भावना अत्यन्तै कम छ । भारतको तमाम आरोप र प्रमाणका बाबजुद पाकिस्तानले दाउद आफ्नो भूमिमा रहेको स्वीकार गरेको छैन । पाकिस्तानले सधैं दाउद आफ्नो भूमिमा नरहेको बताउँदै आएको छ । एउटा समाचार सूत्रले त दाउदको मृत शरीर कुनै बेला तेस्रो मुलुकमा गुप्त रूपमा सारिँदै छ र त्यहींबाट उनको मृत्युको खबर सार्वजनिक हुँदै छ भन्ने सम्म दाबी गरेको छ ।

यदि, दाउदलाई विष दिइएको हो र उनको मृत्यु भएको हो भने यो कसले ग¥यो भन्ने प्रश्न उब्जिन्छ । पाकिस्तानी सेनाको कडा सुरक्षा र अन्तर्राष्ट्रिय तस्करीको धनको बलमा आफ्नै निजी सुरक्षा घेरालाई कसले कसरी तोड्यो ? शंकाको सुइँको स्वाभाविक रूपमा भारत र उसको खुफिया एजेन्सीतर्फ तेर्सिन्छ । गएको केही महिनामा पाकिस्तानमा मात्र २० भन्दा बढी भारतविरोधी गतिविधिमा संलग्न आतंकित कुनै अज्ञात बन्दुकधारीद्वारा हत्या भएको छ । तमाम ती हत्यामा भारत र ‘र’को हात रहेको विश्वास गरिएको छ । यस परिप्रेक्षमा दाउदको हत्यामा पनि भारतलाई ‘जस’ जाने बलियो सम्भावना छ ।

यस सम्बन्धमा अर्को एकखाले विश्लेषणसमेत गरिँदै छ । चरम आर्थिक संकटमा गुज्रिरहेको पाकिस्तान यति बेला एफएटीएफको ग्रेलिस्टमा रहेको छ र कुनै पनि बेला ब्ल्याकलिस्टमा जाने सम्भावना छ । अमेरिकादेखि साउदी अरेयिबा र आईएमएफसम्म पैसा माग्दै हिंडेको पाकिस्तानलाई भारतको दबाबका कारण अन्तर्राष्ट्रिय समुदायले भारतविरोधी आतंकविरुद्ध कारबाही गर्नुपर्ने बाध्यता छ । त्यही बाध्यताका कारण स्वयं पाकिस्तानको खुफिया एजेन्सी आईएसआईले दाउदलगायत यी तमाम आतंकको सफाया गर्दै छ ।

माथि उल्लेखित दुईमध्ये कुनै पनि अनुमान सही सावित भयो भने अन्तर्राष्ट्रिय जगत्मा भारतको छवि निक्कै चम्किने छ । भारत आफ्ना विरोधीलाई नछाड्ने बलियो राष्ट्रका रूपमा चिनिने छ । दाउदको मृत्युको खबर सत्य असत्य जे भए पनि हालसम्म पाकिस्तान मात्र नभई क्यानाडा र बेलायतमा समेत भारतविरोधी शृंखलाबद्ध सफायाका घटनाले भारत राष्ट्र र यसको खुफियातन्त्रको बेग्लै छवि बनिसकेको छ ।

दाउदको मृत्युले यो छवि थप उजिल्याउने छ । भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी र उनको पार्टी भारतीय जनता पार्टीलाई आगामी निर्वाचनमा अत्यन्तै फाइदा पुग्ने अनुमान गरिँदै छ । भारतमा आगामी चुनावमा ‘मोदी हैतोमुम कि नहै’को नारा बुलन्द रूपमा चल्ने मात्र होइन बिक्नेसमेत विश्लेषण गरिँदै छ ।

तपाइको प्रतिक्रिया
(Visited 1,525 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपाको २० सदस्यीय टोली चीन भ्रमणमा जाँदै