दैलेख । पञ्चदेवल वचत तथा ऋण सहकारी संस्थाको १४औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मिना बिसुन्केको अध्यक्षतामा दैलेख सदरमुकाममा सोमबार साधारणसभा सम्पन्न भएको हो ।
संस्थाले १४औ साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७९र०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको संस्थाका अध्यक्ष मिना बिसुन्केले जानकारी दिइन् ।
संस्थाको आर्थिक वर्ष ०७९र८० मा सेयर पुँजीतर्फ २० लाख ३० हजार ४ सय ६४ रूपैयाँ कायम हुन गएको उल्लेख गरिएको छ । संस्थाले बचततर्फ १ करोड २२ लाख ९सय ३० संकलन गरेको बताउँदैे वार्षिक कारोबार ४ करोड ३५लाख ६हजार ७सय५पु¥याउन सफल भएको संस्थाका अध्यक्ष मिना बिसुन्केले बताइन्।
संस्थाको सेवालाई प्रविधिमैत्री, सरल, सहज बनाउनेतर्फ लागि परेको भन्दै उनले समयसापेक्ष सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिदै जाने उनले जानकारी दिइन ।
संस्थालाई अगाडि बढाउन सबैले सहयोग गर्नुपर्ने जिल्ला सहकारी संघ दैलेख अध्यक्ष भुपेन्द्र कुमार थापाले बताए ।पछिल्लो समयमा सहकारी संस्थाले ठगी रहेको गुनासो धेरै आएको छ । यसमा सबै ईमानदारी भएर काम गर्नुपर्ने उनले जानकारी दिए।उनले शेयर पुँजीको अनुपातमा बचत वृद्धि गर्नसमेत सुझाव दिए।
यस्तै नारायण नगरपालिका वडा नं १ वडाध्यक्ष शैलेश श्रेष्ठले सहकारी संस्था भएका कमिकमजोरी सुधार गर्नुपर्ने बताए ।उनले सहकारी संस्थाले सबै संग समन्वय गर्नुपर्ने बताए ।
नारायण नगरपालिकाका उपप्रमुख तप्ता कुमारी थापाले संस्थालाई अगाडि बढाउन सेयर सदस्य बढाउनुपर्ने बताईन्।संस्थालाई अगाडि बढाउन सेयर सदस्यको पनि महत्त्वपूर्ण भूमिका हुने उनले जानकारी दिइन् । अझै पनि सहकारी संस्थालाई व्यवस्थित गरेर अगाडी बढाउनु पर्ने बताइन् ।
सहकारीले समाजको उत्थान र विकासमा पु-याएको योगदानको प्रशंसा गर्दै छरिएर रहेका सानासाना पुँजीलाई जम्मा गरेर ठुलो पुँजी बनाउन सहकारीको भूमिका निकै अहम् रहने उनले जिकिर गरिन् । साधारण सभामा उत्कृष्ट ऋणी एवं बचतकर्ता र सेयर सदस्यलाई सम्मान गरिएको थियो ।






