चित्रामा बाउ छोरीको कथा

काठमाडौं । यही २७ पुसमा रिलिज हुने चलचित्र चित्राको सोमबार काठमाडौंमा एक समारोहबीच टिजर सार्वजनिक गरियो । चलचित्रमा मुख्य अभिनेता सन्तोष अधिकारीले आफ्ना छोरीहरूको उज्ज्वल भविष्यका लागि गरेको संघर्षको संक्षिप्त दृश्य यस टिजरमा समेटिएको छ । चलचित्रमा बाबु र छोरीको सम्बन्धको कथा प्रस्तुत गरिएको निर्माण पक्षको कथन छ ।

यस चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । चलचित्रमा सन्तोष अधिकारीसँगै मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, शुभेच्छा खड्का, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल, प्रकाश घिमिरेलगायतको मुख्य भूमिका रहेको छ ।

महेश पौडेलको छायांकन रहेको यस चलचित्रका निर्माता पनि अभिनेता सन्तोष नै हुन् । ‘तीनवटा चलचित्रमा सहनिर्माताका रूपमा काम गरेर अनुभव समेटेपछि म यो चलचित्रबाट अभिनयमा आएको हुँ, थुप्रै म्युजिक भिडियोमा अभिनय गरेको अनुभवले पनि यसमा शीर्ष भूमिका निर्वाह गर्न सजिलो भयो,’ सन्तोषले कार्यक्रममा भने । उनले यसअघि ‘आमा’, ‘घर’ र ‘तीन जन्तु’ गरी तीनवटा चलचित्र निर्माण गरिसकेका थिए ।

कलात्मक चलचित्र निर्देशकका रूपमा परिचित घनश्यामले यसपटकको चलचित्र पनि सामाजिक विषयवस्तुमा आधारित रहेको बताएका छन् । ‘हरेक चलचित्रमा मैले नेपाली मौलिक कथा प्रस्तुत गर्दै आएको छु, यसपटक चलचित्र चित्रामा पनि यहाँहरूले हाम्रै समाजको कथा पाउनुहुनेछ,’ उनले भने, ‘माघे संक्रान्तिको अवसरमा यो चलचित्र रिलिज गर्न लागिएको हो ।’

तपाइको प्रतिक्रिया
(Visited 141 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा काँग्रेस उम्मेदवार विजयी