धनगढीका प्राकृतिक तालको सम्भाव्यता अध्ययन हुँदै

धनगढी । भुमिगत जलको सतह घटेर नल तथा बोरिङमा पानी नआउने समस्या हुन थालेपछि कैलालीको धनगढी उपमहानगरपालिकाले प्राकृतिक तालहरुको संभाव्यता अध्ययन गर्न थालेको छ ।

नगरक्षेत्रभित्र रहेका तालहरुको पहिचान गरी सम्भाव्यता अध्ययन गर्न परामर्श दाता कम्पनी इन्टीग्रेट अर्थ सिस्टम कन्सल्ट प्रालि काठमाडौंसँग सम्झौता गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

वैशाख जेठ महिनामा भुमिगत जलको सतह घटेर नल तथा बोरिङमा पानी नआउने समस्या बढ्न थालेपछि भविष्यमा पानीको कोकाकुल हुन नदिन उपमहानगरपालिकाले १९ वटै वडा क्षेत्रमा रहेका सार्वजनिक तालतलैयाको खोजी गरी संभाव्यता अध्ययन गर्न धनगढी उपमहानगरले परामर्श दाता कम्पनी इन्टीग्रेट अर्थ सिस्टम कन्सल्टसँग सम्झौता गरेको हो ।

तालहरुको अतिक्रमण हटाएर तालतलैयालाई पुनः कायम राखी पुनरभरण गर्ने कार्यको थालनी भएको छ । हाल धनगढी उपमहानगर क्षेत्रभित्र ८३ वटा सार्वजनिक तालतलैयाको खोजी गरिएको छ । तीमध्ये ७ वटा तालको अतिक्रमण हटाइएको छ । बाँकी तालहरुको पनि अतिक्रमण हटाउने काम जारी छ ।

धनगढी उपमहानगरपालिका र त्रिभुवन विश्वविद्यालयका भूमीगत पानी पुनरभरण सम्बन्धीका विज्ञ प्राध्यापक डाक्टर मोति रिजालको उपस्थितिमा उपमहानगरपालिकाका जनप्रतिनिधि र प्राविधिकहरूसँगको एक दिने कार्यशालापछि प्राकृतिक तालहरुको सम्भाव्यता अध्ययन गर्ने परामर्श दाता कम्पनी इन्टीग्रेट अर्थ सिस्टम कन्सल्ट प्रालि काठमाडौंसँग सम्झौता गरिएको छ ।

उपमहानगरपालिकाको वडा नम्बर १ देखि वडा नम्बर १० भित्र पर्ने प्राकृतिक तालहरुको भौगोलिक÷भौगर्भिक अध्ययन, सामाजिक-आर्थिक सम्बन्ध अध्ययन, तालहरुको विकासका लागि बहुउद्देश्यीय रणनीति तयार गर्न अध्ययन कार्यको प्रारम्भ भएको उपमहानगरले जनाएको छ । वडा नम्बर १, ३, ५ र ६ का तालहरूको स्थलगत अध्ययन समेत गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)

epaper

ताजा समाचार

२४ घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकमा, त्यसपछि दोलखा