सवारी साधनमा ‘जाउँ हिँड रेसुङ्गा’ अभियानको स्टिकर

गुल्मी । गुल्मीबाट विभिन्न स्थानमा जाने सवारीसाधनहरुमा ‘जाउँ हिँड रेसुङ्गा’को स्टिकर टाँसिएको छ । रेसुङ्गा नगरपालिकाले घोषणा गरेको ‘जाउँ हिँड रेसुङ्गा’ अभियानलाई सफल बनाउनका लागि जिल्ला भित्र र बाहिर जाने सवारी साधनमा स्टिकर टाँस गरिएको हो ।

तम्घासबाट बुटबल, काठमाडौलगायतका ठाउँमा जाने बस, हाइस, जीप लगायतका सवारीसाधनमा ‘जाउँ हिँड रेसुङ्गा’ अभियानको स्किटर टाँसिएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिए ।

आइतबार बिहान २० सवारी साधनमा स्टिकर टाँसिएको र यातायात व्यवसायीसँग छलफल गरेर जिल्लाभरीका २०० भन्दा बढी सवारीमा स्टिकर टाँसिने छ । रेसुङ्गा नगरपालिकाले यसै आर्थिक बर्षमा एक लाख भन्दा बढी पर्यटकहरुलाई रेसुङ्गा भित्राउने लक्ष्य लिएको छ ।

यसै लक्ष्यलाई सफल बनाउनको लागि नगरपालिकाले ‘जाउँ हिड रेसुङ्गा’ को अभियान सुरु गरेको थियो । विभिन्न जिल्लाका पर्यटकलाई रेसुङ्गासम्म पु¥याउने उदेश्यले सवारीमा स्टिकर टाँसिएको मेयर पन्थीको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो