क्रिसमस मनाउने परम्परा र नेपाल

क्रिसमस (ख्रीष्टमस) मनाउने परम्परा पनि निकै पुरानो हो । यो क्रिस्चियन धर्मावलम्बीको सर्वोत्तम प्रिय र ठूलो पर्व हो– मेरी क्रिसमस पर्व । फलतः प्रभु येशुको जन्मदिनका रूपमा नेपाललगायत विश्वभर नै रौनकमय वातावरणमा खुसियाली साथ ठाउँठाउँमा पूजा–प्रार्थना, दानलगायत विविध कार्यक्रमको आयोजना गरेर क्रिसमस पर्व मनाइन्छ । सबैभन्दा पहिला क्रिसमस ३३६ ईशापूर्वमा रोमनका पहिलो इसाई रोमन सम्राटको समयमा २५ डिसेम्बरको दिन मनाइएको थियो । त्यस समयमा त्यो रोमन स्टेटको आधिकारिक पर्व थिएन । त्यसो त, त्यसपछि जिसस जन्मजयन्तीको तारिखका लागि विवादसमेत भयो । मूलतः जिससको जन्म वास्तविक तारिखका ’boutमा कसैलाई पनि जानकारी छैन । भनिन्छ, युरोप–अमेरिकी महादेशमा प्रभावी रहेको धर्म हो– इसाई ।

इसामसिह (यसु–इसा–क्राइस्ट–जिसस क्राइस्ट–कृष्ट–खृष्ट–येशु) इसाई धर्मका प्रवर्तक मानिन्छन् । जिससको जन्म २ बीसी तथा ७ बीसीको बीचमा अर्थात् ४ बीसी (विक्रम संवत् ५३) मा भएको थियो । त्यसबेलाको समयलाई वर्षका आधारमा होइन, बीसीका आधारमा हेरिन्थ्यो । त्यस्तो बेला जिससको जन्म वास्तविक तिथि तथा समयका ’boutमा कहीँ पनि लेखिएको छैन । यहाँसम्म कि बाइबलमा पनि जिससको जन्मको तारिखका ’boutमा भनिएको छैन । यद्यपि, त्यसको केही वर्षपछि पोप जुलियसले आधिकारिक रूपमा जिससको जन्म २५ डिसेम्बरलाई नै मनाउने घोषणा गरे । त्यसपछि हरेक वर्ष २५ डिसेम्बरका दिन क्रिसमस मनाउने परम्पराको थालनी भएको हो ।

संसारको इतिहासलाई हेर्ने हो भने मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरूको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउने गर्छन् । चाहे ती भगवान् कृष्ण होऊन् या बुद्ध, गुरुनानक वा पैगम्बर मोहम्मद नै किन नहुन् । आज भने इसाई धर्मका प्रवर्तक जिसस अर्थात् प्रभू येशुको जन्मदिन पनि हो । मुलुकमा विशेषगरी, हिन्दू, बुद्धिस्ट, इसाई, मुस्लिम धर्म मान्नेहरूको बाहुल्य रहेको छ । नयाँ संविधानमै धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि सबै धर्मावलम्बीबीचमा अन्तरधर्मबीच सद्भाव र सम्मानको विकास मात्र भएको छैन, सबै धर्मप्रति आस्था बढेर गएको छ । तराईको छठ होस् या हिमालको ल्होसार या मुस्लिम समुदायको ईद मात्र होइन, क्रिस्चियन धर्मावलम्बीहरूको पर्व क्रिसमस डेमा पनि अन्तरधर्मावलम्बीहरूले खुसी र सद्भाव साट्न थालेका छन् ।

पोप जुलियसले आधिकारिक रूपमा जिससको जन्म २५ डिसेम्बरलाई नै मनाउने घोषणा गरेर प्रचलनमा ल्याएका थिए

मुलुकमा २०६२–०६३ सालको आन्दोलन अघिसम्म चर्चमा सीमित रहने क्रिसमस, मुलुक धर्मनिरपेक्ष घोषणा भएसँगै सार्वजनिक रूपमा विस्तार भएको छ । यो पर्व मनाउन सरकारले २०६४ सालपछि २५ डिसेम्बरका दिन सार्वजनिक बिदा दिन थालेको छ । पछिल्लो जनगणनाअनुसार मुलुकमा १ दशमलव ४२ प्रतिशत ख्रीष्टियन धर्मावलम्बी रहेका छन् । बुझेर वा नबुझेर हो, हाल ठूला सहरमा क्रिसमस इभ भन्दै सबै धर्मावलम्बीका युवा शुभकामना साटासाट गर्ने र नाचगानमा सरिक हुने प्रचलन बढ्दै गएको छ । विश्वव्यापीकरणसँगै विविध संस्कृति फैलने क्रम तीव्र हुँदै गइरहेको छ । यसै क्रममा न्यू क्याथोलिक इन्साइक्लोपिडियाका अनुसार, ख्रीष्टको जन्ममिति पत्ता लागेको छैन । बाइबल पुस्तकले न त ख्रीष्ट जन्मेको दिन न महिना’bout नै बताउँछ । एच उजेनरको अनुमान र आजका धेरैजसो विद्वान्हरूले स्वीकारेनुसार ख्रीष्टको जन्ममिति उत्तरी गोलाद्र्धमा जाडो महिना सुरु हुने बेलामा (जुलियन क्यालेन्डरमा २५ डिसेम्बर, आधुनिक ग्रेगेरियन क्यालेन्डरमा ६ जनवरी) तय गरियो । ’cause सूर्य विस्तारै उत्तरी गोलाद्र्धको आकाशमा फर्कन सुरु गर्ने भएकाले यस दिनमा मिथ्राका गैरख्रीष्टियन भक्तहरूले डिस नाटालिस सोलिस इन्विक्टी (अजेय सूर्यको जन्मदिवस) मनाउँथे ।

२५ डिसेम्बर २७४ मा रोमी सम्राट एरेलियनले सूर्यदेवलाई रोमी साम्राज्यको मुख्य संरक्षक भएको घोषणा गरे अनि क्याम्पस मारटियसमा सूर्यदेवको एउटा मन्दिर स्थापना गरे । यसर्थ, क्रिसमसको उत्पत्ति त्यस्तो समयमा भयो, जतिबेला रोममा विशेषगरी सूर्यको कट्टर उपासकहरू थिए । पछि सूर्यदेव मिथ्राको उपासनालाई नै क्रिसमसका रूपमा मनाउन थालियो । रोमका धार्मिक समुदायहरूले सबैभन्दा पहिला क्रिसमस मनाएका थिए । १०औं शताब्दीमा ख्रीष्टियन धर्मसँगसँगै क्रिसमस मनाउने चलन रुसभरि फैलियो । त्यहीबेला ख्रीष्टियनधर्म प्राचीन स्लाभ जातिहरूले जाडो महिनामा मनाउने चाडसँग छ्यासमिस हुनपुग्यो । त्यस चाडमा स्लाभहरूले आफ्ना पितृहरूको उपासना गर्थे । त्यसैगरी बाइबल धर्मशास्त्रमा ख्रीष्टको जन्ममिति उल्लेख नभएकाले प्रारम्भिक ख्रीष्टियनहरूको बीचमा कुनै निर्धारित मिति थिएन । बाइबल वास्तवमा ६६ पुस्तक अर्थात् खण्डको पूर्ण सँगालो हो । यो ईशापूर्व १५१३ देखि इस्वी संवत् ९८ सम्म १६१० वर्षको अवधिमा ४० जना व्यक्तिहरूले लेखेका थिए ।

सरकारी तथ्यांकनुसार इसाई धर्मावलम्बीको संख्या करिब १५ लाखको हाराहारीमा छ

पहिलो ३९ पुस्तकमध्ये धेरैजसो हिब्रुमा र केही भाग अरामीमा लेखिएको थियो भने बाँकी २७ पुस्तक ग्रीक भाषामा लेखिएका थिए । चौथो शताब्दीको उत्तराद्र्धतिर क्रिसमस भिन्नाभिन्नै मितिमा भए पनि प्रायजसो चर्चमा मनाइन थालिएको थियो । ख्रीष्टको जन्मदिन निर्धारण गर्न विभिन्न विधि अपनाइए । परिणामतः प्रारम्भिक ख्रीष्टियन चर्चमा बेग्लाबेग्लै मितिहरू देखापरे । २ जनवरी, १८ अप्रिल, २० मे र २५ डिसेम्बर । त्यस्ता मितिहरू थिए तर २५ डिसेम्बर नै क्रिसमसका लागि औपचारिक मिति हुनपुग्यो । ख्रीष्टियन इतिहासकार सेक्टस जुलियस अफ्रिकानसले सन् २२१ मा सर्वप्रथम २५ डिसेम्बरलाई ख्रीष्टको जन्मदिनका रूपमा परिचित गराएका थिए ।

समग्रमा भन्नुपर्दा मुलुक बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको देश हो भन्दै यहाँ मनाइने हरेक चाड पर्व राष्ट्रिय धरोहरका रूपमा रहेका छन् र यी चाडपर्वले विभिन्न जातजाति, धर्म, भाषा र संस्कृतिबीच राष्ट्रिय एकता, धार्मिक सहिष्णुता कायम गर्नमा महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् । हाम्रो राष्ट्रबीच मनाइने यस्ता चाड पर्व, भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा हामी सबै केन्द्रित हुनुपर्नेमा जोड दिँदै आएको सबैलाई अवगतै भएको छ । यसै सन्दर्भमा यहाँ सबै धर्म र संस्कृतिलाई उत्तिकै महत्व र सम्मान प्रकट गरिँदै आएको छ । यसरी येशु ख्रीष्टका उपदेश सबैका लागि उपयोगी छन् । यसका साथसाथै मुलुकको ख्रीष्टियन इतिहास ४ सय वर्षभन्दा पुरानो छ । राज्य धर्मनिरपेक्ष हुनुअघि मुलुकभर छरिएर रहेका ख्रीष्टियन समुदायहरूले क्रिसमस पर्वलाई विशेषगरी विभिन्न मण्डली (चर्च) र ख्रीष्टियन संघसंस्थाभित्रै मनाउँदै आएका थिए । विगतको तुलनामा क्रिस्चियन धर्म मान्नेहरूको संख्या बढ्दै गएको छ ।

अहिले सरकारी तथ्यांकनुसार इसाई धर्मावलम्बीको संख्या करिब १५ लाखको हाराहारीमा छ भने मुलुकभर ९ हजारभन्दा बढी चर्च रहेका छन् । चर्च दर्ता गर्न सरकारले नीति ल्याएपछि यो संख्या बढ्दै गएको छ । तर, फरक आस्था भए पनि क्रिसमस मनाउनेको संख्या भने निकै बढी देखिन्छ । अहिले क्रिसमस कुनै एक धार्मिक समुदायको पर्वभन्दा पनि विश्वव्यापी रूपमा विस्तार भएको नवसांस्कृतिक घटनाका रूपमा पनि लिन सकिन्छ, अहिले संसारमा त्यस्ता घटना विरलै होलान्, जहाँ क्रिसमस हाँसो, रमाइलो गरेर क्रिस्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मजयन्तीका अवसरमा आज मुलुकभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ । हाल मुलुकभर १२ हजारभन्दा बढी चर्च र ३० लाखभन्दा बढी ख्रीष्टियन समुदाय रहेको ख्रीष्टियन महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 333 times, 1 visits today)

epaper

ताजा समाचार

बालगोपालेश्वरको भाइटीका प्रभावित