दोलखाका ३५ वर्षका युवक लमजुङमा मृत फेला

लमजुङ । लमजुङमा दोलखाका एक ३५ वर्षका युवक सडकको नालीमा मृत फेला परेका छन् । बेसीशहर नगरपालिका– ७, मयुमखोला नजिकको सडक नालीमा एकजना ती युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

मृतक दोलखा जिल्लाको भिमेश्वर नगरपालिका– ७, मकैबारी घर भएका ३५ वर्षीय रामचन्द्र बुढाथोकी भइको प्रहरीले जनाएको छ । उनी मयुमखोला नजिकै घर बनाउने कार्यमा खटिएकोमा मृत अवस्थामा भेटिएको हो ।

स्थानीयले बिहान सवा ८ बजेतिर सडकको नालीमा शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले बताए । उनका अनुसार प्रहरी टोलीले घट्ना स्थलमा पुगेर प्ररम्भिक अनुसन्धानमै मृतकको पहिचान खुगेको हो ।

ती युवकले अत्याधिक मदिरा सेवन गरेको र राती नै मृत्यु हुन सक्ने प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानमा आंकलन गरको छ । घटना’bout आफन्तलाई खबर गरिएको र आफन्त आएपछि शवको पोष्टमार्टम गरि सम्बन्धित परिवारलाई बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको मुचुल्का उठाएर शवलाई पोष्टमार्टमको लागि बेसीशहरस्थित लमजुङ अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाइँले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 132 times, 1 visits today)

epaper

ताजा समाचार

सरकारी कर हटाएर पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रभु साहको माग