वडामै पुगेर योजना सम्झौता गर्दै गाउँपालिका

दैलेख । दैलेखको महाबु गाउँपालिकाले वडामै पुगेर योजनाको सम्झौतागर्ने गरेको छ ।गाउँपालिकाले बुधबार महाबु गाँउपालिका वडा नं–६पुगेर बिनियोजित योजनाको सम्झौतागरेको हो ।

गाउँपालिकाले यसरी अन्यमहाबु गाँउपालिकाका सबै वडामा पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिहरुलाई राहत हुने महाबु गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए । उनले भने गाउँपालिकाका कार्यबाहक अध्यक्षको नेतृत्वमा वडास्तरमै पुगेर उपभोक्ता समितिसँग पालिकाले सञ्चालनगर्ने योजनाहरुको सम्झौता गरिएको बताए ।

योजना सम्झौता गर्नका लागिउपभोक्तालाई गाउँपालिकाको कार्यालयमा आउनुपर्ने बाध्यताको अन्त्यगर्न गाँउपालिकाले वडाकार्यालयमा पुगेर योजना सम्झौताको अभियान संञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताए ।

यस्तै गाँउपालिकाले योजना सम्झौतासँगै वडा तहमै उपभोक्ता समितिको नाममा खाता खोलिएको महाबु गाउँपालिका दैलेखका कार्यबाहक अध्यक्ष मञ्जुकुमारी शर्मा पाण्डेले बताइन् । चालू आर्थिक वर्षमा सञ्चालनहुने सबै योजनाहरू वडा तहमै सम्झौता गरिने उनले जानकारी दिइन् । वडामै पुगेर योजना सम्झौता गर्दा त्यस ठाउँको ’boutमा जानकारी प्राप्त हुने र योजना संञ्चालनमा सहज हुने उनले भनिन् ।

कार्यबाहक अध्यक्ष पाण्डेका अनुसार महाबु गाँउपालिका महातहका योजना कुलो मर्मत, साना सिँचाइ, सडक, कुलो मर्मत, खानेपानी तथा सरसफाइ योजना लगायतको सम्झौता गरिएको छ । वडाबाट सेवा पाएपछि गाँउपालिका भरिका स्थानीयलाई राहत मिलेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

epaper

ताजा समाचार

१४ बैशाख २०८३