प्रभु साहले भने, आर्थिक राजधानी वीरगंजलाई उजाड बनाउँने उपेन्द्रलाई दण्डित गर्नुपर्छ

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंज सहित पुरै मधेसलाई उजाड बनाउँने काम उपेन्द्र यादवले गरेको बताएका छन् । उपेन्द्रलाई मधेसवाट बहिष्कार गरी दण्डित गर्नुपर्ने उनले बताए ।

बैंकिंग लुट रोक्नका लागि बैंकिंग क्षेत्रको समस्या ’bout आजपा मधेस प्रदेश कमिटीद्धारा आज बीरगंजमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले देशकै आर्थिक राजधानी रहेको वीरगंज सहित मधेसलाई तहसनहन गर्दै बर्बाद गरेर उजाड बनाउँने काम उपेन्द्रले गरेको बताए ।

‘सबैभन्दा सुगम भनिएको मधेसको मानव सूचांक अहिले कर्णालीभन्दा पनि पछाडी छ । वीरगंज सहित मधेसलाई बर्वाद गर्ने, उजाड बनाउँने, तहसनहस गर्नेलाई अब बहिष्कार गरेर दण्डित गर्नुपर्ने बेला आईसकेको छ’ साहले भने, ‘मधेसी जनता, मधेसका लागि भनेर मधेसलाई नै बर्बाद गर्ने, उजाड बनाउँनेहरु मधेस सरकारमा पुगेपछि मधेसका लागि के गरे ? जहिले पनि शासनमा छदैछन्, तर उनीहरुले केवल मधेसलाई बर्बाद गर्ने काम मात्रै गरे । के उनीहरुलाई दण्डित गर्ने बेला भएको छैन् ? के उनीहरुलाई यतिकै छाडने हो ? मधेसलाई गुलजार बनाउँने हो भने मधेसलाई उजाड बनाउँनेलाई दण्डित गर्नैपर्छ ।’

दलितका आवास निर्माण, शिक्षा, स्वास्थ्य, यातायात सबै क्षेत्रमा कुनै एउटा राम्रो काम गर्न नसक्नेहरु सत्तामा बसेर लुट मचाईरहको आरोप साहले लगाए । संघीय सरकार सहित मधेस प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त रहेको बताउँदै उनले सुशासन, समृद्धिका लागि भ्रष्टाचारका बिरुद्धमा शसक्त आवाज उठाउँनुपर्ने बताए ।

मुलुक आर्थिक संकटको चपेटामा पर्नुको प्रमुख कारण अहिलेको सरकार भगौडा दलालहरुको कब्जामा भएकाले यो अवस्था आएको साहले बताए । अब गैरआवासीय नेपालीको नाममा दोहोरो नागरिकता दिने र देशको पुँजी पलायन गराउने सरकारको षड्यन्त्र र त्यस्ता भगौडा वर्गहरुको अचल सम्पत्ति कब्जा गरेर आफ्नो दलले राष्ट्रियकरण गर्नुपर्ने उनले बताए ।

सो अन्तरक्रिया कार्यक्रममा बैंकहरुले लिने गरेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित र सहकारीहरुबाट लिएको सम्पूर्ण ऋण मिनाहा तथा किसानहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनुपर्ने लगायतका बिषयमा गम्भिर छलफल भएको आजपा केन्द्रीय सदस्य एवं कार्यालय सचिव बालकृष्ण सापकोटाले बताए । यी मागहरु समय सान्दर्भिक एवं सही रहेको निष्कर्ष सहित यसलाई पुरा गराउन आजपाले घोषणा गरेको माघ १० गतेको मधेश बन्दको कार्यक्रमलाई सफल बनाउन सबै सहभागीहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका नेता एवं प्रतिनिधिहरु, सरोकारवाला व्यक्ति तथा पीडÞितहरुको व्यापक सहभागिता रहेको थियो ।

यसैबीच यता आजपा निकटको आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने माग गर्दै आज १२औं दिन पनि काठमाडौंको त्रिपुरेश्वरमा रहेको भन्सार विभागमा धर्ना तथा घेराउ गरेको छ ।

आन्दोलनमा सहभागि आजपाका उपाध्यक्ष तिलक थापाले ४५ प्रतिशत पुरस्कारको व्यवस्थाले खुलेआम राजस्व लुटन र देशलाई बर्वाद बनाउँने काम भईरहेकाले यसलाई रोक्नुपर्ने बताए ।

आम सम्पर्क मञ्चले ‘भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी’ गर्नुपर्ने लगायतका माग गर्दै भन्सार विभागमा धर्ना तथा घेराउ गर्दै आएको छ ।

आजपा केन्द्रीय सदस्य एवं भन्सार कानून सुधार संघर्ष समितिका संयोजक रन्जुकुमारी साहले आफूहरुको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएकी छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलन निरन्तर जारी रहने उनले बताईन् ।

तपाइको प्रतिक्रिया
(Visited 181 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले कार्यकर्ताले गरे मतगणनास्थलमा पत्रकारलाई दुर्व्यवहार