पोखरा । श्रीमतीको हत्या अभियोगमा कास्की प्रहरीले बिहीबार एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका ७, ताकम घर भइ हाल पोखरा २९, नौबिसे बस्ने ३६ वर्षीय रत्नबहादुर घर्ती हुन् ।
उनले आफ्नी २८ वर्षीया श्रीमती रेखा घर्तीलाई घाँटी थिचेर हत्या गरेको अभियोग छ । उक्त हत्याकाण्डमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)






