रावतको दाहसंस्कारमा कसैको आँखा ओभाना थिएनन्

दैलेख । गत शुक्रबार बालकुमारी घटनामा प्रहरीको गोली लागेर मृत्यु भएका दैलेख महाबु गाउँपालिका–६ का २३ वर्षीय सुजन राउतको शव घर परिवारले बुझेर धार्मिक संस्कारअनुसार दाहसंस्कार गरेका छन् । शव नेपाली सेनाको स्काई ट्रकमार्फत् मंगलबार दिउँसो २ बजे अस्थायी रूपमा नारायण नगरपालिका–६ काँडाचौरमा बसोबास गर्दै आएका परिवारलाई हस्तान्तरण गरिएको थियो ।

शव बुझेपछि हिन्दु परम्पराअनुसार शिरस्थानस्थित आर्यघाटमा लगेर ४ बजे दाहसंस्कार गरिएको हो । सयौंको संख्यामा रहेका स्थानीयले घरबाट शवलाई दैलेख सदरमुकाम परिक्रमापश्चात् आर्यघाटमा लगी दाहसंस्कार गरेका हुन् ।

सुजनको इमाडोलस्थित किस्ट अस्पतालमा मृत्यु भएको थियो भने शवको पोस्टमार्टम पाटन अस्पतालमा गरिएको थियो । मंगलबार बिहान काठमाडौंबाट दुवैको शव लगिएको प्रहरीले जानकारी दिएको छ । त्यहाँबाट छुट्टाछुट्टै हेलिकोप्टरमा राखेर घर पु¥याइएको हो ।

प्रहरीका अनुसार मंगलबार बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेनाको हेलिकप्टमा राखेर गृहजिल्ला पु¥याइएको हो । सोमबार गृह मन्त्रालयमा पीडित र सरकारबीच ४ बुँदे सहमति भएपछि परिवारले शव बुझ्न सहमति दिएका थिए ।

शव घरमा ल्याउँदा आमा नन्दा मुर्छा परेकी थिइन् । घरमा शव पुग्दा आफन्त छरछिमेकीमा रुवाबासी चलेको थियो भने मृतकका घरमा पुगेका कसैका आँखा पनि ओभाना थिएनन् । सबैका आँखामा आँसु छचल्किएको देखिन्थ्यो ।

तपाइको प्रतिक्रिया
(Visited 188 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार