गण्डकीमा गठबन्धनको जित सुनिश्चित

पोखरा । राष्ट्रिय सभा सदस्यको चुनावका लागि गण्डकीबाट ८ जनाको उम्मेदवारी दर्ता भएको छ । राजनीतिक समीकरण फेरबदल नभए सत्तारुढ दलको गठबन्धनबाट अबको दुई सातापछि राष्ट्रिय सभामा ३ सांसद प्रवेश गर्दैछन् ।

प्रदेश निर्वाचन कार्यालयस्थित निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले सोमबार तामझामका लागि मनोनयन दर्ता गराएका हुन् । मनोनयन अघि पार्टी कार्यालयबाट ¥याली निस्केको थियो ।

गठबन्धनबाट अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकमा तनहुँका पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्माले मनोनयन दर्ता गराएका हुन् । तीमध्ये श्रेष्ठ र परियार कांग्रेसका नेता हुन् भने शर्मा माओवादीनेतृ हुन् । उनीहरुको मनोनयन दर्ताका क्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, नेपाली कांग्रेस गण्डकी अध्यक्ष शुक्रराज शर्मा, माओवादी गण्डकी अध्यक्ष गायत्री गुरुङ लगायत नेता कार्यकर्ताहरु थिए ।

यसैगरी, नेकपा (एमाले) ले तीन वटै सिटमा उम्मेदवारी दियो । जसमा अन्य क्लष्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता र अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटाले मनोनयन दर्ता गराएका छन् । राप्रपाले २ सिटमा मात्र उम्मेदवारी दियो । राप्रपा नेता रामबहादुर भण्डारीले अन्य र गौमाया श्रेष्ठले महिला क्लष्टरबाट मनोनयन दिएकी हुन् । भण्डारी कास्कीका हुन् भने श्रेष्ठ तनहुँकी हुन् ।

गण्डकी प्रदेशसभामा कांग्रेसको सिट धेरै भएकोले यसपालि गठबन्धनकै उम्मेदवारको जित सुनिश्चित छ । गोरखाका किरणबाबु श्रेष्ठ कांग्रेस गण्डकी महामन्त्री हुन् । उनको प्रस्तावक गण्डकीका मुख्यमन्त्री पाण्डे र समर्थकमा गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा छन् । सिंखडा माओवादी नेतृ हुन् ।

अपांगताबाट टिकट पाएका पदमबहादुर लामो समय अपांगताको क्षेत्रमा कार्यरत छन् । उनी सिबिआर नेटवर्कका संयोजक भइ काम गरेका छन् । उनको प्रस्तावक कल्पना तिवारी र समर्थक कुसुम बुढा पुन रहेका छन् । अर्की उम्मेदवार मनरुपा सहिदपत्नी हुन् । उनको प्रस्तावक हरिबहादुर चुमान र समर्थक बिन्दुकुमार थापा रहेको गण्डकीका प्रचार विभाग प्रमुख रमेश पौडेलले बताए ।

गण्डकीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभाका अध्यक्षसमेत रहेका नेकपा (एमाले) का गणेशप्रसाद तिमिल्सिना, एमालेकै दीपा गुरुङ र नेपाली कांग्रेसका प्रकाश पन्थको कार्यकाल आगामी फागुन २० मा सकिँदैछ ।

गण्डकीबाट कुल २ सय ३० जना मतदाता छन् । तीमध्ये ६० सदस्यीय प्रदेश सभा (सदस्य) बाट ६० र ८५ पालिका (प्रमुख÷उपप्रमुख) गरी १ सय ७० जना मतदाता हुन् । निर्वाचन आयोगले प्रदेश सभाको सांसदको मतभार ५३ र पालिकाका प्रमुख/उपप्रमुखहरूको मतभार १९ तोकेको छ । यसरी गण्डकीमा दुवै तहका गरी जनप्रतिनिधिको कुल मतभार ६ हजार ४ सय १० हुन आउँछ । गण्डकीमा १ महानगरपालिका (पोखरा) सहित २६ नगरपालिका र ५८ गाउँपालिका छन् ।

नेपाली कांग्रेसको प्रदेश सभातर्फ २७ र पालिकातर्फ ६७ जना मतदाता गरी कुल मतभार २ हजार ७ सय ४ मतभार हुन आउँछ । यस्तै, अर्को ठूलो दल नेकपा (एमाले) को प्रदेशसभामा २२ सिटको प्रतिनिधित्व छ । उसको मतभार यहाँ १ हजार १ सय ६६ र पालिकातर्फ ६८ को मतभार १ हजार २ सय ९२ गरी कुल मतभार २ हजार ४ सय ५८ हुन आउँछ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदमा ८ सिट र पालिकातर्फ ३० गरी कुल मतभार ९ सय ९४ छ भने राष्ट्रिय जनमोर्चाको ३ को ५७ मतभार छ । उसको संसदमा उपस्थिति छैन । संसदमा एकीकृत समाजवादीका राजीव गुरुङ (दीपक मनाङे) र पालिकातर्फ पोखरा महानगरपालिका प्रमुख १ गरी उसको मतभार ७२ मात्र छ । संसदमा २ सिट जितेको राप्रपाको १ सय ६ छ भने मनाङको निस्याङ गाउँपालिका उपाध्यक्ष जितेका छिरिङ गुरुङ स्वतन्त्र हुन् ।

मतभारको प्रारम्भिक अनुमानमा गण्डकीबाट एमालेले विगतको २ सिट गुमाउने निश्चितप्रायः छ ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२५ वर्षपछि बुटवलमा कम्युनिष्ट सत्ता ढल्यो