सुदूरपश्चिममा ३ सिटमा तीन दलका ६ जनाको उम्मेदवारी

धनगढी । सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाका लागि तीन दलका ६ जनाको उम्मेदवारी दर्ता भएको छ । एमालेका ३, कांग्रेसका २ र माओवादी केन्द्रका एक जनाले धनगढीस्थित राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी अन्यतर्फ कञ्चनपुरका ईश्वरीप्रसाद खरेल, महिलातर्फ कैलालीकै सावित्री घिमिरेले उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत प्रेमराज भट्टले जानकारी दिए ।

खरेल एमालेको केन्द्रीय लेखा आयोग सदस्य हुन् । घिमिरे अनेम संघकी पूर्वकैलाली अध्यक्ष हुन् भने जोशी पार्टीको भ्रातृ संगठन अपांग संघका केन्द्रीय सदस्य हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नारायणदत्त भट्ट र बलदेव बोहराले पनि उम्मेदवारी दर्ता गरेका छन् । भट्ट नेपाली कांग्रेस कैलाली जिल्ला सभापति हुन् । उनी २०६२-६३ सालको जनआन्दोलनमा घाइते भएका थिए ।

बोहरा कञ्चनपुर जिल्ला विकास समितिका सभापति तथा २०६४ सालका संविधानसभा सदस्यसमेत हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रकी नेतृ रेनु चन्दले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छन् । चन्द माओवादी केन्द्रीय सदस्य तथा पहिलो संविधानसभा सदस्य हुन् ।

गठबन्धनले सुदूरपश्चिममा कांग्रेसलाई अपांग र अन्यमा गरी २ र माओवादी केन्द्रलाई महिला कोटाको १ सिट दिने सहमति गरेको थियो ।

अन्यमा कांग्रेसका बलदेव बोहरा र एमालेका ईश्वरी खरेलबीच चुनावी प्रतिस्पर्धा हुनेछ । महिलामा माओवादीकी रेनु चन्द र एमालेकी सावित्री घिमिरे तथा अपांग अल्पसंख्यकमा एमालेका रामचन्द्र जोशी र कांग्रेसका नारायणदत्त भट्टबीच प्रतिस्पर्धा हुनेछ ।

सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रका हरिराम चौधरी ‘उत्सव’ र महेश महरा तथा नेकपा एमालेकी इन्दु कडरियाको पदावधि सकिन लागेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

अध्यक्ष ओलीको अँगालोमा सुहाङ !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा एक्लै चुनाव लड्न काँग्रेसलाई कार्यकर्ताको दबाब