सुन, सरकार र बढ्दो मूल्य

पृष्ठभूमिका आधार
लकडाउन हटेपछि निरन्तर रूपमा बढ्दो क्रममा रही २०७७ साउन अन्तिम सातातिर सुनको मूल्य प्रतितोला १ लाख ३ हजारभन्दा बढी रहन गयो । यो मूल्य हालसम्म बढ्दै जाँदा अद्यापी सुनको मूल्य उच्च नै रहन गएको छ । २१ साउन २०७७ मा १ लाख नाघेर प्रतितोेला १ लाख १ हजार ४ सय रहेको थियो ।

कोरोनाका कारण विश्व अर्थतन्त्रमा परेको असरले सुन बजारमा लगानी गर्नेको संख्या बढेकाले मूल्य बढ्दै गएको थियो । विश्व बजारमा लगानीकर्ताको आकर्षण सुनमा बढेकाले माग बढ्न जाँदा मूल्य वृद्धि भएको थियो । विश्वका ठूला बैंकमा निक्षेप जम्मा भएको अवस्थामा लगानीकर्ताले सुन बजारलाई सुरक्षित क्षेत्रका रूपमा अँगाल्दै लगानी बढ्दै आएको भनिन्छ । बाह्य बजारमा त्यतिबेलादेखि नै सुनको मूल्य अकासिनेक्रम नरोकिएकाले नेपाली बजारमा पनि यसको असर पर्दै आएको छ ।

केही समयपछि सुनको मूल्य नेपालमा प्रतितोला १ लाख ३० हजारसम्म पुग्ने अन्दाज गरिएको थियो । बाह्य बजारमा २ हजार ३ सयदेखि २ हजार ५ सय डलरसम्म सुनको मूल्य जाने आँकलन गरिएको थियो । २१ साउन २०७६ मा तोलाको ६८ हजार रुपैयाँमा कारोबार रहँदै आएकामा एक वर्षमा नै तोलामा ३३ हजार ४ सय बढेर सुनको मूल्य अत्यधिक भएपछि किन्ने भन्दा बेच्नेको लस्कर रहेको थियो । २१ साउन २०७७ मा बाह्य बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ५५ डलरमा कारोबार भएको थियो ।

१३ वर्षअघिको कोटा प्रणाली खारेज गरी सुनचाँदीको बजार पारदर्शी बानाइएमा धेरै समस्या हल हुने देखिन्छ

नभन्दै १८ मंसिर २०८० मा सुनको मूल्य प्रतितोला १ लाख २१ हजार ६ सय मूल्य कायम रह्यो । त्यसपछि २–४ हजार तलमाथि रही १५ पुस २०८० मा प्रतितोला सुनको मूल्य १ लाख २० हजार ५ सय रहन गयो । यसरी, केही महिनाअघि गरिएको अनुमान पुगेको छ ।

सुनचाँदीसम्बन्धी एकीकृत निर्देशिकामा विलम्ब ढिलाइ
तत्काल सुनचाँदी कारोबारसम्बन्धी एकीकृत निर्देशिका जारी गर्न माग गरिएको छ । १० फागुन २०७९ मा यस्तो माग गरिएको हो । यो माग पूरा नभए सरकारसँग कडा प्रतिकार गर्ने भनिएको छ । व्यवसायीले निर्वाध रूपमा राज्यको कर दायित्व भुक्तानी गरी स्वदेशी रोजगार सिर्जना गर्दै यस पेसा व्यवसाय गर्ने अधिकार स्थापित गर्न र सुनचाँदीको कारोबार गर्न स्पष्ट मापदण्ड, ऐन, कानुन बनाई सक्दो चाँडै कार्यान्वयनमा ल्याउन माग गरिएको छ ।

विगत लामो समयदेखि सम्बन्धित निकायमा आग्रह गर्दा पनि सरकारी निकायबाट कुनै सुनवाइ नभएको भन्दै व्यवसायीले असन्तुष्ट प्रकट गर्दै आएका छन् । सुनचाँदीको कारोबारसम्बन्धी स्पष्ट नीति निर्देशिका नहुँदा व्यवसाय सञ्चालनमा विभिन्न किसिमका व्यावसायिक कठिनाइ र अवरोध उत्पन्न हुने भनाइ रहँदै आएको छ । व्यवसायीको यस’bout ध्यानाकर्षण गराइँदै आएको छ । सरकारी पक्षबाट यसको गम्भीर ध्यान दिइएको भनिएको छ । यसको आवश्यक पहलतर्फ कारबाही थालिसकिएको छ ।

आर्थिक वर्ष २०७५–७६ देखि आव २०७९–८० को अवधिमा कुनैबेला सुन प्रतितोला १ लाख ५ हजारसम्म अधिकतम् बिन्दुमा पुग्यो । तर, पछि यो बिन्दु उकालो लागेर २०७९ चैतमा प्रतितोला १ लाख १० हजारसम्म उच्चतम बिन्दुमा पुग्यो । २०७९ चैतमा कायम भएकोे १ लाख १० हजारकोे प्रतितोला सुनको मूल्य १ लाख ५ हजार र १ लाख १० हजारसम्म तलमाथि गर्दै आएको थियो ।
आव २०७४–७५ पछि आव २०७९–८० सम्म पनि सुनको आयात ह्वातै बढ्न थाल्यो । आव २०७३–७४ सम्म दैनिक आयात कोटा १५ किलो मात्र थियो, तर २०७४ फागुनबाट सुन आयात कोटा १५ बाट २० अनि २५ किलो बनाइयो । यद्यपि, दसैंको समयमा २५ देखि ३५ किलोको माग भएको भनिन्छ । वाणिज्य बैंकहरूले सुन किलोमा किनी सोहीनुसार बिक्री गर्दै आएका थिए । तर, सबै गहना व्यवसायीहरूले किलोमा सुन किन्न नसक्दा केही व्यापारी तस्करीको सुनतर्फ आकर्षित भएका पनि थिए । आधिकारीक तथ्यांकनुसार चालू आव २०७५–७६ को सात महिना अर्थात् साउनदेखि माघसम्ममा सुनको आयातमा १५ दशमलव ९ प्रतिशतले वृद्धि भई २० अर्ब ५५ करोड पुगिसकेको थियो ।

राज्यले तोकेको मापदण्डनुसार सुन तथा गरगहनाको कारोबार गर्दा पनि व्यवसायीलाई अपराधीजस्तो व्यवहार गरिँदै आएको छ

आव २०७४–७५ मा ६ हजार ५ सय केजी सुन भित्रिएको थियो । तर, २०७३–७४ मा ६ हजार ४ सय ५५ केजी मात्र सुन बैंकिङ प्रणालीबाट आयात भएको तथ्यांक छ । बैंकिङ प्रणालीबाट सुन आयात भए पनि मुलुकभित्र सुन कारोबारका विकृत रूप अनेक छन् ।

कोटा प्रणाली खारेजीको माग
सुनचाँदी व्यवसायीले सुन आयातमा कोटा प्रणाली खारेजीको माग गर्दै आएका छन् । पछिल्लो समय अर्थात् २०७९ फागुनतिर दैनिक १० केजी मात्र सुन आयात गरिँदा ग्राहकको आवश्यकता पूरा गर्न नसकिएको भन्दै व्यवसायीले कोटा प्रणाली खारेजीको माग गर्दै आएका हुन् । १३ वर्षअघिको अर्थात् २०६६ सालमा कोटा प्रणाली खारेज गरी सुनचाँदीको बजार पारदर्शी बानाइनुपर्ने माग रहँदै आएको थियो ।

बजारमा सिजनमा दैनिक ४० केजी र अफ सिजनमा झन्डै १० देखि १५ केजी सुनको माग हुने गरे पनि २०७९ फागुनमा दैनिक १० केजी मात्रै आपूर्ति हँुदा व्यवसाय नै बन्द हुने अवस्था सिर्जन भएको थियो ।

बैंकमार्फत आउने सुनबाहेक विदेशबाट आउने नेपालीले बिनाभन्सार ५० ग्रामसम्म र भन्सार तिरेर थप सय ग्राम सुनका गरगहना ल्याउन पाउने व्यवस्था भए पनि सोअनुसार हुन नसकेको व्यवसायीले गुनासो गर्दै आएका छन् ।

विदेशबाट आउने नेपालीले सुन ल्याउँदा प्रहरी प्रशासनले जफत गर्ने, त्यस्तो सुन कारोबार गर्ने व्यवसायीले पक्रने, अनावश्यक दुःख दिने, मानसिक तनाव दिनेजस्ता कार्य हुन थालेको भनिएको छ । राज्यले तोकेको मापदण्डबमोजिम ल्याइएका सुनका गरगहनाको कारोबार गर्ने व्यवसायीलाई अपराधीजस्तो व्यवहार गरिँदै आएको र अनुसन्धानका नाममा अनावश्यक दःुख दिने कार्य गरेको र व्यावसायीलाई आतंकित बनाउने कार्य बन्द गर्न भनिँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

रास्वपा केन्द्रीय समिति बैठक सोमबार