दुल्लु नगरपालिकामा स्थानीय पाठयक्रमवारे प्रबोधिकरण

दैलेख । दुल्लु नगरपालिकाको आयोजनामा आधारभुत तह को स्थानीय पाठ्यक्रम “हाम्रो संस्कृति : हाम्रो परम्परा” को प्रबोधिकारण तथा पाठ्यपुस्तक निर्माण कार्यशाला गोष्ठी संचालन भएको छ। स्थानीय पाठ्यक्रमको ’bout जानकारी दिनका लागि सो कार्यक्रम गरिएको हो ।

कार्यक्रम प्रमुख अथिति कर्णाली प्रदेश सभा , सामाजिक विकास समितिको सभापति घनश्याम भन्डारीले ‘संस्कार र संस्कृति विनाको समुदायको कल्पना गर्न नसकिने भएकोले दुल्लुको जीवित संस्कृति बचाउन स्थानीय पाठ्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने,हामीले अहिले सम्म अरुका ’bout अध्ययन गर्यौ तर आफनो ठाउँमा रहेको संस्कार संस्कृति ’bout पढेनौ । हाम्रा संस्कृति र संस्कार के हुने कमलाई मात्र थाहा छ ।अब यो स्थानिय पाठयक्रम आफनै संस्कार संस्कृति सिकाउने छ ।एकातिर संस्कृति जगेर्ना हुनेछ भने अर्कोतिर ज्ञान् लिने छ,उनले भने ।

त्यसैगरि प्रा. डा. मधुसूदन गिरीले नेपाली भाषा साहित्य, संस्कृति र इतिहासमा दुल्लुको महत्व र यसको संरक्षणमा स्थानीय पाठ्यक्रमको भूमिकाको ’boutमा धारणा राखेका थिए भने ओम रिजाल ले पाठ्यक्रम को महत्व र स्थानीय रुपमा पाठ्यक्रम लागू भएपछि देखिन सक्ने सम्भावित चुनौती र निराकरण को ’boutमा जानकारी दिएका थिए । नारायण तिमिल्सेनाले पाठ्यक्रमको उद्देश्य, आवश्यकता र विषयवस्तुको विषयमा जानकारी गराएका थिए।

कार्यक्रमको अध्यक्ष दुल्लु नपाका उपप्रमुख बिना कार्कीले पालिका पाठ्यक्रम पूर्ण रुपमा लागू गर्ने यसले हाम्रो गौरव,इतिहास, संस्कार र संस्कृति संरक्षणमा स्थानीय पाठ्यक्रमले महत्वपू्ण भूमिका खेल्ने विश्वास लिएको बताईन । कार्यक्रममा दुल्लु नगरपालिका का ५४ आधारभूत र १४ माध्यमिक विद्यालयको सहभागिता रहेको थियो । कार्यक्रम पौंष २६ र २७ गते दुल्लु नपाको हलमा सञ्चालन हुनेछ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

१४ बैशाख २०८३