छ महिनामा के गर्‍यो रेसुङ्गा नगरपालिकाले

गुल्मी । रेसुङ्गा नगरपालिकाको १४ औँ नगरसभा आइतबार सम्पन्न भएको छ । सभामा नगरप्रमुख खिलध्वज पन्थीले चालु आर्थिक बर्षको अर्धबार्षिक प्रगतीको संक्षिप्त प्रगती विवरण प्रस्तुत गरेका थिए ।

मेयर पन्थीले प्रस्तुत गरेको विवरणअनुसार नगरपालिकामा हालसम्म २५.५ प्रगती वित्तीय प्रगती भएको छ । जसमा चालुतर्फ २५ र पूँजीगततर्फ २६ प्रतिशत प्रतिशत प्रगती भएको छ । नगरमा भौतिक प्रगती भने करिब ४० प्रतिशत भएको छ । चालु आर्थिक बर्षमा आन्तरिक राजस्वतर्फ हालसम्म ७२ लाख ७९ हजार रुपैँया संकलन भएको छ ।

वित्तीय प्रगती २५ प्रतिशत, रेसुङ्गामा हप्ताको चारपटक उडान हुने

नगरले सुरु गरेको ‘जाउँ हिड रेसुङ्गा’ अभियानअन्तरगत हालसम्म देशका पूर्वप्रधानमन्त्रीदेखि सर्वसाधारणसम्म गरी ३० हजारले रेसुङ्गाको भ्रमण गरेका छन् । नगरले यस आर्थिक बर्षको अन्त्यसम्म एक लाख पर्यटक रेसुङ्गा पु¥याउने लक्ष्य लिएको छ ।

रेसुङ्गा क्षेत्रको बृहत्तर विकासको लागि यज्ञशाला वरीपरिको क्षेत्रमा ढुङ्गा लगाउने टेन्डर प्रक्रिया अगाडी बढेको छ । रेसुङ्गा बिमानिस्थलमा आगामी फागुनको पहिलो हप्तादेखि हप्ताको चारदिन उडान गर्नेगरी तयारी भइरहेको मेयर पन्थीले प्रस्तुत गरेको प्रगती विवरणमा उल्लेख गरिएको छ ।

नगरले जन्म र मृत्युको प्रमाण पत्र घरमै लगेर दिने निर्णय गरेको थियो । जसअन्तरगत हालसम्म जेष्ठ नागरिक एक हजार ९३५ जना, ज्येष्ठ नागरिक दलित २७१ जना, जेष्ठ एकल महिला ३१६ जना, विधवा ५६१ जना, पूर्ण अशक्त अपाङ्ग ७० जना, आशिंक अपाङ्ग १५५ जना र दलित बालबालिका ४०२ गरी कुल तीन हजार ७१० जना लाभाम्बित भएका छन् ।

नगरसभाले ‘रेसुङ्गा नगरपालिकाको जनस्वास्थ्य विधेयक–२०८०’ र ‘रेसुङ्गा नगरपालिकाको संस्था दर्ता विधेयक–२०८०’ पनि सर्वसम्मत पारित गरेको छ । विधायन समितिका संयोजक कृष्ण प्रसाद पाण्डेले प्रस्तुत गरेको विधेयक नगरप्रमुखले निर्णयार्थ सभामा प्रस्तुत गरेका थिए । जसमा उपस्थित सबैले ‘हुन्छ’ भनेपछि दुई विधेयक सर्वसम्मत पारित भएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)

epaper

ताजा समाचार

सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी