निफमा ४० देशका ८८ फिल्म चयन

काठमाडौं । सातौं संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आगामी १ देखि ५ चैतसम्म हुने भएको छ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने यो महोत्सव तयारी तीव्र रूपमा भइरहेको आयोजक पक्षले जनाएको छ ।

काठमाडौंमा मंगलबार आयोजक पक्षले एक पत्रकार भेटघाट कार्यक्रम आयोजना गर्दै सो जानकारी गराएको हो । महोत्सवमा यस वर्ष ४० देशका ८८ वटा फिल्म चयन भएका छन् । ६० देशका ६ सय बढी फिल्मबाट यी फिल्म चयन भएको पनि उनले बताए ।

जसमा फिचर फिल्म, सर्ट फिल्म, वृत्तचित्र, कार्टुन फिल्म रहेको आयोजक संस्थाका अध्यक्ष केपी पाठकले कार्यक्रममा बताए । कान्स, लोकान, बर्लिनाल आदि चर्चित फिल्म महोत्सवमा छानिएका फिल्म पनि यो महोत्सवमा सहभागी भएको उनले बताए ।

महोत्सवमा प्रदर्शन गरिने फिल्मलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरिएको पनि उनले जनाए । महोत्सवमा सहभागी चलचित्रलाई राष्ट्रिय चलचित्र अन्तर्राष्ट्रिय अवार्ड पनि प्रदान गरिने भएको छ । जसमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्मबाट एउटा सर्वोत्कृष्ट फिल्मलाई चलचित्र समाजको अन्तर्राष्ट्रिय महासंघ, आईएफएफएस डन अवार्ड प्रदान गरिने पनि अध्यक्ष पाठकले जानकारी गराए ।

यस्तै, वृत्तचित्र विधामा उत्कृष्ट एक वृत्तचित्रलाई १ हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ । लघु सिनेमा विधामा उत्कृष्ट लघु चलचित्रलाई ५ सय राशिको बाग्मती अवार्ड प्रदान गरिने पनि उनले बताए । महोत्सवमा नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिने पनि अध्यक्ष पाठकले जानकारी गराएका छन् ।

‘महोत्सवमा अन्य विधामा पनि अवार्ड रहेको छ । जसअन्तर्गत सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्मतर्फ उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिनेछ,’ अध्यक्ष केपी पाठकले पत्रकार सम्मेलनमा भने ।

महोत्सवमा सिनेमा प्रदर्शनसँगै फिल्मका विभिन्न विधासँग सम्बन्धित रहेर प्यानल डिसकल, मास्टरक्लाल, र वर्कसप पनि गरिने आयोजक पक्षले जनाएको छ । जसमा नेपाली सिनेकर्मीले धेरै कुरा सिक्न पाउनेछन् ।

विगतझंै यस वर्ष पनि महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यसएफएक्स सिनेमाका शाखा सिभिल मल, लबिम मल, भक्तपुर र छाया सेन्टरका हलमा प्रदर्शन गरिने पनि उनले बताए । यसका लागि क्यसएफएक्स सिनेमाघरसँग सम्झौता भइसकेको पनि आयोजक पक्षले जनाएको छ ।

यस वर्षबाट निफलाई मोफसलमा समेत आयोजना गरिने भएको छ । एकै समयमा अन्य प्रदेशमा पनि महोत्सव विस्तार गर्ने तयारी गरिरहेको समेत अध्यक्ष पाठकले जानकारी गराए ।

नेपाली चलचित्रको विकासमा महोत्सव निकै प्रभावकारी हुने गरेको पत्रकार भेटघाट क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले बताए । महोत्सवलाई बोर्डले सघाउने उनले वचन दिए ।

स्थापना कालदेखि नै आफू यस महोत्सवमा सहभागी हुँदै आएको र अहिले पनि सहभागी हुने प्रतिबद्धता जनाउँदै अग्रज सिनेकर्मी नीर शाहले यो महोत्सव सिनेप्रेमीका लागि निकै उपयोगी हुने बताए ।

अभिनेता प्रदीप खड्कालगायत विभिन्न सिनेकर्मीले पत्रकार भेटघाट क्रममा महोत्सवको सफलताको कामना गरे ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मालिकामा एमालेविरुद्ध पाँच दलीय गठबन्धन