Thursday, May 6, 2021
Home Editor-Picks जहाँ धमाधम भइरहेको छ विकासको काम

जहाँ धमाधम भइरहेको छ विकासको काम

,

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि गरिएको लकडाउनमा सडक विभागले सवारीसाधन र मानिसको भीड कम भएको मौका छोपेर आफ्नो कामलाई निरन्तरता दिएको छ । सडक विभाग डिभिजन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न सडकमा सडकको मार्किङ गर्ने काम धमाधम गरिरहेको हो ।

डिभिजन प्रमुख कुवेर नेपालीले अहिले काठमाडौंका विभिन्न ठाउँमा जेब्राक्रसिङ बनाउने, स्टेट लाइन छुट्याउने र सडकका दुवैपट्टि पहेँलो चिह्न लगाउने काम भइरहेको बताए । उनले उपत्यकामा दर्जनौं जेब्रा क्रेसिङ निर्माण भइसकेको जानकारी दिए । उनका अनुसार ४–५ किलोमिटर सडकमा स्टेट लाइन र पहेंलो पेन्टिङको काम सम्पन्न भएको छ । यसअघि एक समूहमा काम हुँदै आएकामा आइतबारदेखि दुई समूहमा विभाजन गरेर काम सुरु गरिएको छ ।

लकडाउनमा दर्जनौं ठाउँमा जेब्राक्रसिङ र रोड मार्किङ | केही सडकखण्डको मर्मत तथा विस्तारको काम थालिने

हिजो आइतबारसम्म काठमाडौं डिभिजनले महाराजगन्ज–बालुवाटार, धुम्बाराही–हाँडीगाउँ, थापाथली–माइतीघर, माइतीघर–पुतलीसडक खण्डको मार्किङको काम सकेको छ । आइतबार तीनकुनेदेखि विमानस्थल र बबरमहल क्षेत्रको सडकको मार्किङको काम थालिएको छ । सडकमा मजदुरले रङ पकाउने, डोरी तान्ने र यन्त्रबाटै सडक मार्किङ गरिरहेका छन् ।

साइटको काम थाल्ने तयारी
लकडाउनमा सवारीसाधन र मानिसको भीड कम भएको मौकामा सडक विभागले अन्य समयमा व्यस्त हुने केही सडकखण्डको काम अगाडि बढाउने तयारी गरेको छ । कोरोना भाइरसका कारण सीमित जनशक्ति प्रयोग गरेर काठमाडौं डिभिजनले उपत्यकाका विभिन्न ठाउँमा सडक मार्किङको काम गर्दै आएकामा अब अति व्यस्त हुने केही सडकको मर्मत तथा विस्तारको काम थाल्ने तयारी गरेको हो ।

डिभिजन प्रमुख कुवेर नेपालीले १–२ स्थानमा यही मौकामा सडक मर्मत तथा विस्तारको काम गर्ने तयारी गरिएको बताएका छन् । ‘अहिले गरिएको कामको प्रतिक्रिया राम्रो पाएका छौं, अब सवारी कम भएको अवस्था र भीडभाड पनि नभएको अवस्थामा चावहिल गौशालाको काम गर्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौं,’ उनले राजधानीसँग भने ।

डिभिजन प्रमुख नेपालीले सरकारले लकडाउनमा केही खुकुलो अपनाउने नीति लिएकाले यस्तो गर्ने तयारी गरे पनि सरकारले कडाइ गरेमा पुनः पुनर्विचार गरिने जनाए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले शनिबार अपराह्न मार्किङ गरिरहेको सडक क्षेत्रको स्थलगत अनुगमनसमेत गरेका छन् । उनले सो क्रममा कर्मचारीलाई उच्च सतर्कता अपनाएर काम गर्न निर्देशन दिए । ‘आवश्यक सुरक्षाका उपाय अपनाएर सडक मार्किङलाई तीव्रता दिनुपर्छ, मन्त्रालयले के सहयोग गर्नुपर्ने हो, हामी सहयोग गर्छौं,’ उनले भने ।

उनले खानेपानीको पाइपलाइन विस्तारलगायत विभिन्न कारणले क्षति पुगेको गौशाला–चावहिल सडक व्यवस्थापनमा लाग्नसमेत डिभिजन प्रमुख नेपालीलाई निर्देशन दिएका थिए । नेपालीका अनुसार उक्त सडक व्यवस्थापनको आवश्यक प्रक्रिया सुरु भइरहेको छ । खानेपानीको काम सकिएकाले अब सडकको कामलाई निरन्तरता दिने योजना अघि सारिएको छ ।

(Visited 208 times, 1 visits today)
Loading comments...

आजको समाचार

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

साताका लोकप्रिय समाचार

सिन्धुलीमा संक्रमणबाट एकजनाको निधन

सिन्धुली । कोरोनाका कारण होम आइसोलेसनमा बसेकी ८० वर्षिय महिलाको मृत्यु भएको छ । तीनपाटन गाउँपालिका वडा नम्बर २ की एक ८० वर्षीया महिलाको...

उपप्रधानमन्त्रीलाई सिंहदरवारमा भेटेपछि भावुक भए धुर्मुस

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशालाका विषयमा चासो लिएका छन् । क्रिकेट रंगशाला निर्माणका प्रमुख अभियन्ता एवं धुर्मस–सुन्तली फाउन्डेशनका अध्यक्ष...

जेठ १५ भित्र तामाकोशी आयोजनाले विद्युत उत्पादन गर्ने

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ परिक्षण गर्नका लागि हिजो बैशाख १६ गते सेटलिङ बेसिन (बालुवा थिग्रयाउने पोखरी) मा पानी छोडिएको छ ।...

सुनसरीमा ३१ गतेसम्म निषेधाज्ञा, हिँडडुलमा रोक

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार मध्यरातिदेखि जिल्लाभर लकडाउनको आदेश जारी गरेको छ । यसअघि प्रशासनले २४ गतेसम्म सीमित क्षेत्रमा निषेधाज्ञा गर्ने निर्णय...

कोरोना संक्रमणबाट सहकारीकर्मी जोशीको मृत्यु

खोटाङ । कोरोनाभाईरस संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । जिल्ला सहकारी संघ खोटाङका अध्यक्ष समेत रहेका अनिल जोशीको ४४ वर्षको उमेरमा...

ट्रेन्डिङ

कोरोना भाइरसको औपचारिक नाम कोभिड–१९

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले चीनबाट फैलिएको नयाँ कोरोना भाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ । डब्लुएचओका अनुसार अब कोरोना...

थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि

 काठमाडाै । पछिल्लो २४ घण्टाको अवधिमा २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार १ सय १७ जनाको...

सांसदको अपमान कि व्यवस्थाको ?

नगेन्द्रराज पौडेल यतिबेला आम सञ्चार जगत्ले सांसद खरिदबिक्रीका समाचार छापिरहेका छन् । यी समाचारले हाम्रा सांसदको अत्यन्त निकृष्ट स्वभावको चित्रण गरेका छन् । यसबाट सांसद...

तीज पर्व : एक दृष्टिकोण

नेपालमा मनाइने विभिन्न चाडपर्वमध्ये तीज हिन्दू महिलाको महŒवपूर्ण पर्व हो । यस वर्ष यही भाद्र ५ गते परेको तीज कोरोना महामारीका कारणले हर्षोल्लासपूर्वक सार्वजनिक...

नपोली फाइनलमा

रोम । बलियो प्रतिद्वन्द्वी इन्टर मिलानको चुनौती पन्छाउँदै एसएस नपोलीले कोपा इटालियाको फाइनलमा युभेन्टससँगको भेट पक्का गरेको छ । घरेलु मैदानमा शनिबार राति भएको सेमिफाइनलको...

दमकमा भदौ १३ गतेसम्म लकडाउन लम्बियो

दमक । सङ्क्रमण तीव्र फैलिँदै गएको दमकमा लकडाउनलाई फेरि एक साताका लागि थपिएको छ । नगरप्रमुख रोमनाथ ओलीको अध्यक्षतामा नगरपालिकामा शनिबार बसेको कोरोना रोकथाम...

सहमति खोज्न ओली र प्रचण्डबीच छलफल

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा सहमति खोज्न आज पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

कोरोना प्रभावित व्यवसायीलाई वम्पर सहुलियत

काठमाडौं । कोरोना प्रभावित उद्यमी व्यवसायीलाई नेपाल राष्ट्र बैंकले पुनः बम्पर सहुलियत दिएको छ । नेपाल राष्ट्र बैंकले आइतबार चालू आर्थिक वर्ष २०७७-७८ का...

२३ वर्षदेखि विद्यालयको नाममा रहेको पोखरीमा विवाद

बारा । बारामा २३ वर्षदेखि एक विद्यालयको नाममा रहेको पोखरीको रेखांकन गर्न जादा अवरोध सृजना भएको छ । महागढीमाई नगरपालिका ७ स्थित रहेको नेरामावि...

कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने व्यक्तिको खोजी हुँदै

धनगढी। प्रहरीले धनगढीमा कोरोना भाइरस (कोभिड १९) को पोजिटिभ देखिएका ३४ वर्षीय युवकलाई अस्पताल भर्ना गर्ने अर्का व्यक्तिको पनि खोजी सुरु गरेको छ...

अब पालो प्रिमियर लिगको

लन्डन । कोरोना महामारीको त्रासपछि झन्डै तीन महिनापछि विश्वमा खेलकुद गतिविधि बिस्तारै चलायमान हँुदै छ । विश्वमा सर्वाधिक रुचाइने फुटबलको चर्चित घरेलु लिगहरू सुचारु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)