४० वर्षीया पार्वती चन्दलाई ब्लड क्यान्सर, सहयोगको अपिल

दैलेख । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित नौमुले गाँउपालिका–८ चौराठाकी४०वर्षीया पार्वती चन्दले उपचारका लागि सहयोगको अपिल गरेकी छन् ।ब्लड क्यान्सरबाट पीडित चन्दलाई उपचारका लागि आर्थिक अभाव भएपछि सहयोगको अपिल गरेकी हुन् ।परिवारिक स्रोतका अनुसार उनको ६बषर््ादेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)मा उपचार भइरहेको थियो ।

डाक्टरको सल्लाह अनुसार थप उपचारका लागि भारतको दिल्लीमा लग्नुपर्ने,आर्थिक भएकाले कतैबाट सहयोग जुटाइदिन ब्लड क्यान्सरबाट पीडितका श्रीमान कृष्ण बहादुर चन्दले आग्रह गरे। ब्लड क्यान्सरको रोगको कारण मृत्युसँग लडिरहेकी पार्वतीलाई थप उपचारमा रकम अभाव भएपछि सबै सँगे सहयोगको अपिल गरेका छन् ।

क्यान्सरको उपचारको लागि ८५लाख भन्दा बढी खर्च भएकाले परिवारको आर्थिक अवस्थाले धान्न नसक्ने भएपछि सहयोगको अपिल गरेको उनले बताए ।

उपचारको लागि ४० लाख रुपैयाँभन्दा बढी खर्च लाग्ने श्रीमान चन्दले जानकारी दिए। पार्वतीको उपचारमा लाग्ने रकम अभाव भउका कारण देश बिदेशबाट सहयोग गरिदिन परिवारले देशविदेशमा रहेका सबैलाई आग्रह गरिएको छ।

विरामीको अवस्था गम्भीर भएको र भएको आर्थिक खर्च भएकोले सहयोग गरिदिन आग्रह समेत गरिएको छ । चन्दको उपचारमा सहयोग गर्न चाहने मनकारीहरुले पार्वतीका श्रीमान कृष्ण बहादुर चन्दको नाममा रहेको एन आई सि एसिया बैकको खाता नम्बर १४८५७५२२४४५३०००१ गर्न सकिने परिवारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 144 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा सामुदायिक प्रहरीसमेत परिचालन