झोलाको निर्देशक यादबले सुरु गरे झिल्को

काठमाडौं । यस अघि ‘झोला’ जस्तो फरक चलचित्र निर्देशन गरेर चर्चा कमाएका सञ्चारकर्मी तथा निर्देशक यादब भट्टराई यतिबेला नयाँ चलचित्रको निर्देशनमा जुटेका छन् । उनले आफ्नो नयाँ चलचित्र ‘झिल्को’ को काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा सहित शुभमूहुर्त गरेका छन् । झिल्कोको उनले काठमाडौंको गुहेस्वरी मन्दिरमा क्वाप पूजा गर्दै मूहुर्त सम्पन्न गरेका हुन् ।

मिडिया फर कल्चरको ब्यानरमा निर्माण हुने चलचित्रमा सुनिल पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा शिवाकोटी बालकलाकार आयुषी ढकालको प्रमुख भुमिका रहनेछ ।

आफ्नो यो चलचित्र सामाजिक र पारिवारिक कथामा तयार गरिने निर्देशक भट्टराईले निर्माण घोषणा समारोहमा बताए । यो चलचित्रको छायाँकन अर्कोसाताबाट काठमाडौंबाटै सुरु गर्ने पनि उनले जानकारी गराए ।

यो चलचित्रमा यादवसँगै अरुणदेव जोशी र कवि देवव्रतको लेखन रहेको छ । झिल्कोको छायाँकनमा दीपक बज्राचार्य रहेका छन् । यसमा आनन्द अधिकारीको गीत, चण्डीप्रसाद काफ्लेको सङ्गीत र नागेन्द्र घिमिरेको प्रोडक्सन डिजाइन रहेको निर्देशक भट्टराईले कार्यक्रममा जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रकृतिका बुवा सुनिल भन्छन्– 'मैले छोरी गुमाएँ, अन्य नेपाली विद्यार्थीमाथि दमन नहोस्'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आर्थिक महानगरमा हरायो अर्थको कुरा, चौतर्फी राजनीति रापताप