मुम्बई । बलिउड अभिनेता सैफ अली खानको घुँडा र काँधमा गम्भीर चोट लागेको छ । जसका कारण उनी अहिले मुम्बईको कोकिलाबेन अस्पतालमा उपचाररत छन् । तर उनको यो चोट कसरी लाग्यो भन्ने’bout अस्पतालले खुलाउन चाहेको छैन । अभिनेता सैफकी पत्नी एवम् करिना कपुर अहिले श्रीमानको स्याहारको लागि अस्पतालमा छिन् ।
अहिलेसम्म सैफ अली खानको स्वास्थ्यमा सुधार आईरहेको अस्पतालले जनाएको छ । तर सो ’bout उनको परिवारको कुनै सदस्यले पनि मिडियालाई बताउन चाहेका छैनन् । न त करिना कपुरले आफ्नो स्वास्थ्यसँग सम्बन्धित कुनै पनि अपडेट सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।
इन्डिया टुडेको रिपोर्ट अनुसार सैफ अली खानको घुँडाको शल्यक्रिया लामो समयदेखि रोकिएको थियो । सो सल्यक्रिया सोमबार गरिएको हो । सैफ अली खान पछिल्लो पटक आदिपुरुष फिल्ममा देखिएका थिए । उनले यो फिल्ममा रावणको भूमिका निभाएका थिए ।
उनी साउथको फिल्म देवराको सुटिङमा व्यस्त भएको बेला अस्पताल भर्ना भएका हुन् । यो फिल्ममा उनी कान नसुक्नने भूमिकामा देखिनेछन् । यस फिल्ममा सैफका अलावा जुनियर एनटीआर र जान्हवी कपूर पनि मुख्य भूमिकामा रहनेछन् ।






