काठमाडौं । चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय मङ्गलवार बसेको मन्त्रीपरिषद बैठकले गरेको छ । नेपाल सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकका निर्णयहरू सार्वजनिक गर्न बुधवार आयोजित पत्रकार सम्मेलनमा यस’boutमा जानकारी गराएकी हुन् ।
यो सँगै यसलाई अघि बढाउन आफुहरु दु्रतरुपमा लागिपरेको चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले बताएका छन् । केसीका अनुसार चलचित्र विकाश बोर्डले चलचित्र सम्बन्धि विधेयकको मस्यौदालाई चलचित्रकर्मीको सल्लाह अनुसार परिमार्जन गरेको छ । यसरी मन्त्री परिषदबाटै विधेयक अघि बढाउन बाटो खुलेकाले अब यसलाई सञ्चार मन्त्रालयमा पठाइने भएको छ ।
४ माघमा बोर्डले चलचित्र सम्बन्धि विभिन्न संघ संस्थाका प्रतिनिधि र चलचित्र विज्ञहरुलाई भेला गरेर अन्तिम सुझाव मागेको थियो । सरोकारवालाहरूसँग छलफल गरेपछि विधेयकको मस्यौदामा प्राप्त राय सुझावलाई पुनर्लेखन गरेको बोर्डले जनाएको छ ।
यसरी चलचित्रकर्मीहरुको सुझाब आएपछि चलचित्र विधेयकको मस्यौदालाई अन्तिम रूप दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बाटो खुलेको छ । करिब तीन महिना पहिले बोर्डले आवश्यक राय सुझाव एवं पृष्ठपोषणका लागि मस्यौदा सार्वजनिक गरेको थियो । सोही मस्यौदामा आधारित रही सबै सङ्घ संस्थाहरूले परिमार्जनको माग गरेकोमा राय सुझाव लिखित रूपमा माग गरी त्यस’boutमा छलफल गरिएको थियो ।
बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीले नयाँ चलचित्र ऐन पारित गराउन चलचित्रकर्मीहरूले धेरै वर्ष देखी गरेको प्रयास सफलताको चरणमा प्रवेश गर्न लागेको बताएका छन् । उनले नेपालको राष्ट्रिय चलचित्रको हितमा हुने गरी सबैको साझा सहमतिमा चाँडै विधेयक पारित हुनेमा आशा लिएको बताए ।
सो विधेयकको अवको प्रकृया’bout अध्यक्ष केसीले भने,‘ पुनलेखन गरिएको मस्यौदा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा जानेछ र सो मस्यौदालाई सञ्चारले अर्थ मन्त्रालयमा सहमतिको लागि पठाउनेछ । अर्थ मन्त्रालयबाट सहमति प्राप्त भएपछि विधेयक तर्जुमा सहमतिको लागि कानुन मन्त्रालयमा जानेछ ।’ उनलेभ भने,‘कानुन मन्त्रालयबाट सहमति आएपछि संसद पठाउनु अघिको स्वीकृतिको लागि पुनः मन्त्रीपरिषदमा मस्यौदा जानेछ । यसका ’boutमा मन्त्रिपरिषदको विधायन समितिमा छलफल हुन्छ ।’ यसरी विधायन समितिबाट स्वीकृत भएपछि कानुन मन्त्रालयमार्फत संसदमा दर्ता हुने पनि उनले जानकारी गराए ।
संसदमा दफावार छलफलसँगै संसदबाट पास भएपछि यो विधेयक राष्ट्रपतिकोमा जानेछ । अन्तमा राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि त्यो ऐन बन्ने र त्यसले कानूनको रुप लिने पनि अध्यक्ष भुवन केसीले बताएका छन् । तर यसको लागि चलचित्रकर्मीहरुले खबरदारी गरिरहनु पर्ने उनको कथन छ ।






