४९औं स्मृति दिवसमा शंकर लामिछानेको चर्चा

काठमाडौं । नेपाली निबन्धमा शंकर लामिछानेको निबन्धको चर्चा गर्दै उनको ४९औं स्मृति दिवस मनाइएको छ । शंकर लामिछाने प्रतिष्ठानद्वारा आयोजित समारोहमा लामिछानेको योगदान’bout विभिन्न स्रष्टाले चर्चा गरेका छन् ।

वक्ताहरूले नेपाली निबन्ध फाँटमा लामिछानेको विशिष्ट स्थान रहेको स्मरण गर्दै उनका निबन्धहरूलाई अनुवाद गरेर विश्व साहित्यमा पु¥याउन ढिलो भइसकेको र वर्तमान नेपाली निबन्धमा लामिछानेको जस्तो लेखनको उचाइ नदेखिएकामा चिन्ता व्यक्त गरे ।

अमेरिकाबाट आएका आख्यानकार सुन्दर जोशीलाई सम्मानसमेत गरिएको समारोहमा शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले शंकर लामिछाने स्मृति ग्रन्थ प्रकाशनको काम अन्तिम चरणमा रहेको बताए । लामिछानेको चर्चित निबन्ध कृति ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’को अंग्रेजी अनुवादका लागि प्रयास भइरहेको उनले जानकारी गराए ।

अग्रज कलाकार मदनदास श्रेष्ठले लामिछानेको योगदान सम्झिँदै समयभन्दा निकै अघि उनी जन्मिएको कुरा लामिछानेका निबन्धले प्रस्ट्याएको बताए । समालोचक प्रमोद प्रधानले लामिछानेका निबन्धमा पाइने दर्शन, विचार, संरचना, शैली र प्रयोग अद्वितीय भएको बताए ।

प्रतिष्ठानकी संरक्षक श्रीमती रत्ना लामिछाने, पूर्वमन्त्री एवं निबन्धकार दीनानाथ शर्मा र युवराज नयाँघरे, कथाकार पद्मावती सिंह, निबन्धकार श्रीबाबु कार्की, साहित्यिक पत्रकार संघका पूर्वअध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, कवि प्रद्युम्न जोशी, पुस्तक सम्पादक तथा सो प्रतिष्ठानका सचिव पारसप्रकाश नेपाललगायतले लामिछानेको निबन्ध लेखन’bout चर्चा गरे ।

समारोहमा कविहरू मुरारी सिग्देल, मञ्जिला अनिल र डा. दामोदर पुडासैनीले लामिछानेका निबन्धहरूका अंश वाचन गरे । यस्तै, शंकर लामिछाने’bout निबन्ध वाचन गर्दै यस्तै नेपाल स्रष्टा समाजका अध्यक्ष निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ उनको निबन्धका विविध पक्षको चर्चा गरे ।

५ चैत १९८४ मा काठमाडौंमा जन्मेका लामिछानेको १० माघ २०३२ मा निधन भएको थियो । ‘गौंथलीको गुँड,’ ‘विम्ब–प्रतिविम्ब,’ ‘गोधूली संसार’ उनका अन्य चर्चित कृति हुन् । ‘एब्स्ट्र्याक्ट चिन्तन प्याज’ ले २०२४ सालको मदन पुरस्कार पाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 114 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू