कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेशको दोश्रो त्रैमासिक तथा बजेट तर्जुमा गोष्ठी

बारा । कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेशको दोश्रो त्रैमासिक तथा अर्धवार्षिक प्रगती समीक्षा तथा ०८१|०८२ को बजेट तर्जुमा गोष्ठी समापन भएको छ । कृषि अनुसन्धान निर्देशनालय परवानीपुरको सभाहलमा दुई दिने कार्यक्रम सोमवार समापन भएको हो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कृषि अनुसन्धान परिषद अनुगमन तथा मूल्याङ्कन महाशखाका प्रमुख डा सुधा सापकोटाका अनुसार उत्पादनमा बृद्धि भए मात्र किसानहरु लाभान्वित हुने र बिक्रेताले तिर्ने रकममा कमी ल्याउने मुख्य उद्देश्य रहेको बताईन ।

वैज्ञानिकहरू अनुसन्धान गर्ने भवन दिनहु खण्डहर हुदै गएको प्रति सरकारको ध्यान जान जरुर रहेको सापकोटाले बताईन । सरकारले बजेट विनियोजन गर्दा जीर्ण रहेको भवन निर्माण गर्नलाई बजेट विनियोजन गर्नमा जोड दिएकी छिन । दोश्रो त्रैमासिकमा आठ वटै केन्द्रले ८० प्रतिशत लक्ष्य प्राप्त गरेको उनले बताईन । सरकारले अनुसन्धानमा प्रयाप्त बजेट विनियोजन नगर्दा वैज्ञानिकहरू चाहे जाति लक्ष्य प्राप्त गर्न कठीनाई भएको उनले बताईन ।

कृषि मन्त्री डा वेदुराम भुसालका अनुसार धानमा आत्मनिर्भर बन्नुपर्छ भन्ने निर्देशन अनुसार धान निर्यात कम गरि उत्पादनमा जोड दिनुपर्ने सापकोटाले बताईन । चैते धान उत्पादन कसरी बढाउन सकिन्छ, भन्न विषयमा गुणस्तरीय विद उत्पादनमा जोड दिए । आर्थिक बर्ष ०८०\०८१ को दोश्रो त्रैमासिक तथा समीक्षा बैठकको आयोजना गरिएको छ । साथै आर्थिक बर्ष ०८१\०८२ को लागि बजेट तर्जुमा गोष्ठीको आयोजना गरिएको उनले बताए ।

साथै कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका निर्देशक विश्वेश्वरप्रसाद यादवका अनुसार कार्यक्रममा मधेश प्रदेश स्थित अनुसन्धान कार्यक्रम र केन्द्रका आठ वटा कार्यालयको प्रमुखहरूको भेला भएको बताए । भेलामा आउने आर्थिक वर्षको बजेट विनियोजन ’bout विस्तृत छलफल भएको जानकारी गराए । पहिला गरेको कार्यक्रमहरूमा के थप गर्दा वा घटाउदा झन प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरिएको उनले बताए । कुन शिर्षकमा कति बजेट राख्ने ’bout आठ वटै कार्यालयका विज्ञद्वारा व्यापक छलफल गरिएको छ ।

साथै दोश्रो त्रैमासिक बैठकमा विगतमा कुन कुन शिर्षकमा के बजेट खर्च गरियो, ‘कति प्रगति भयो र के प्रविधि विकास गरियो ’bout छलफल गरिएको थियो । आठ वटै केन्द्रका प्रमुखले आफ्नो प्रस्तुती पेश गरि आउने दिनमा के कस्ता कार्यक्रमहरू गर्ने विषयमा समुहले सल्लाह सुझाव दिएको कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका निर्देशक यादवले जानकारी गराए ।

कृषि अनुसन्धान निर्देशनालय मधेश प्रदेशका निर्देशक डा विश्वेश्वरप्रसाद प्रसाद यादवको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल कृषि अनुसन्धान परिषद अनुगमन तथा मूल्याङ्कन महाशखाका प्रमुख डा सुधा सापकोटा, अतिथिहरू संयोजक, परियोजना समीक्षक टोली लगायत विभिन्न कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो । कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमोद वाग्लेले स्वागत मन्तव्य राखेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती