वर्दियाका १९ श्रमिक कालिकोटमा अलपत्र

बर्दियाका १९ जना कामदार कालिकोटको विहानी खोलामा अलपत्र ।

कालिकोट । वर्दियाका १९ जना श्रमिक कर्णाली राजमार्गस्थित कालिकोटको खाँडाचक्र नगरपालिका दाँहाको विहानी खोलामा अलपत्र छन् । कर्णाली राजमार्ग मर्मतका लागि वर्दियावाट ल्याएका १९ जना श्रमिकलाई खाँडाचक्रको विहानी खोलामा अलपत्र अवस्थामा छोडेर ठेकेदार राजुकठायत सम्पर्कविहिन रहेका छन ।

चैत्र ८ गते देखि उनिहरु विहानी खोलामा अलपत्र अवस्थामा रहेका हुन । अलपत्र अवस्थामा रहेका कामदारहरुले आफुहरुले खाना खान नपाएको दुईदिन भईसक्यो काम गराउन ल्याउने ठेकेदार सम्पर्कमा छैनन , उनिहरुले गुनासो गरे । उधारो गराँै भने, कालिकोट पहिलो पटक आएका छौं, चिनजान छैन ।

पसल बन्द छन, खोलेका पसलले पनि उधारो दिदैनन् सारै समस्या भएको उनिहरुले गुनासो गरेका छन । घर फर्किउ भने, लकडाउन छ, गाडि चल्दैनन, खल्तीमा गाडि भाडाको लागि पैसा पनि छैन , उनिहरुले यसरि गुनासो पोखे । भोकभोकै अर्काको ठाउँमा मनुभन्दा आफनो जिल्लामा फिर्ता पठाउन नगरपालिका र प्रशासनलाई आग्रह गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 241 times, 1 visits today)

epaper

ताजा समाचार

दशरथ रङ्गशालामा सुकुमवासीको ‘स्क्रिनिङ’ :चार परिवारलाई कीर्तिपुर पठाइयो