गुरुकुल शिक्षामा समावेशी अपरिहार्य

काठमाडौं । नेपालको मौलिक गुरुकुल शिक्षामा समावेशी अपरिहार्य भएको बताइएको छ । नेपालकै पहिलो समावेशी छात्रा अध्यापन गराइने ग्रागी कन्या गुरुकुलको सहयोगार्थ आयोजना गरिने सप्ताह महायज्ञको छलफल कार्यक्रममा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।

कार्यक्रममा विश्वहिन्दु महासंघका केन्द्रीय अध्यक्ष डा. रामाचन्द्र अधिकारीले गुरुकुल शिक्षा पद्धति नेपालको मौलिक भएको बताए । उनले यो मौलिक शिक्षाको संरक्षण र संवर्धनमा लाग्नुपर्ने बताए । उनले गुरुकुलीय शिक्षाले प्रकृतिसँग जिउन सिकाउने भनाइ राख्दै शिक्षा सबैका लागि सहज र अनकूल बनाइनुपर्नेमा जोड दिए ।

महायज्ञ मूल आयोजक समितिका संयोजक गोविन्द टन्डनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्वहिन्दु महासंघका महासचिव रामचन्द्र तिवारी, कोषाध्यक्ष गिरिराज पाठक, सामूहिक जैनमन्दिर आरधना संस्थाका अध्यक्ष सुभाष जैन, यज्ञ सहसंयोजक टंकनाथ पौडेल, भगवती काफ्ले, गुरुकुलका कोषाध्यक्ष निर्मला पोखरेल, सामाजिक तथा धार्मिक व्यक्तित्व, पुष्प लोहनी, अनिता खरेल, कन्या गुरुकुलका व्यवस्थापन समिति सदस्य भवानी कँडेल, शिक्षक गोदा सुवेदीलगायतले महायज्ञ’bout बोलेका थिए ।

नेपालको पहिलो र समावेशी सो गुरुकुल सरकारी निकायबाट स्वीकृति प्राप्त गरी हालसम्म माध्यमिक तह (कक्षा ६–१२ सम्म) आवासीय सुविधाका साथ अध्यापन गराइएको छ । हाल गुरुकुलमा नेपालका ४५ जिल्लाका समावेशी ८० जना कन्याले निःशुल्क रूपमा शिक्षा लिइरहेको प्राचार्य खिमनाथ चालिसेले जानकारी दिए । गुरुकुल स्थापनाभन्दा पनि सञ्चालन र निरन्तरता प्रमुख चुनौती रहेको व्यवस्थापन समितिका अध्यक्ष शान्तप्रसाद पोखरेलले बताए । दिगो स्रोत र अक्षयकोषको आवश्यकता भएकाले महायज्ञ आयोजना गरिएको उनको भनाइ थियो ।

प्रसिद्ध कथावाचक पण्डित कुबेर सुवेदीको प्रमुख वाचकत्वमा विभिन्न कार्यक्रमका साथ सम्पन्न हुने ज्ञान महायज्ञबाट संकलन भएको रकमले अक्षयकोष स्थापनाका साथै गुरुकुलको दीगोपनका लागि खर्चिने आयोजकले जनाएको छ ।

महायज्ञ यही फागुन १ देखि ९ गतेसम्म काठमाडौंको सुमार्गी भवन पशुपतिनाथमा परिसरमा आयोजना हुनेछ । नेपालकै प्रसिद्ध विदूषी स्वर्गीय अंगुरबाबा जोशीको विशेष सदिच्छाअनुसार काठमाडौंमा २०६७ सालदेखि ग्रागी कन्या गुरुकुलको स्थापना गरिएको हो भने २०७५ देखि भरतपुर–देवघाटधाम चितवनमा सञ्चालित राम जानकी कन्या गुरुकुल समायोजन गरी सञ्चालनमा छ । कार्यक्रमको सहजीकरण गुरुकुलका महासचिव रामप्रसाद वस्तीले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

शेखर गोल्छालाई ४ दिन हिरासतमा राख्न अदालतको अनुमति