कोशीमा प्रतिबन्धित लागुऔषध सहित ५ जना पक्राउ

इटहरी । मोरङ र सुनसरी जिल्लाको छुट्टाछुटै स्थानबाट प्रतिबन्धित लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार अपरान्ह ५ बजे बिराटनगर महानगरपालिका-१६ भट्टीमोड स्थितमा ईलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पैदल यात्री स्थानीय ३१ बर्षीया हेमा तामाङ र ४० बर्षीया मुना लामालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट ११ ग्राम ब्राउनसुगर फेला पक्राउ गरेको हो भने बिराटनगर- १६ हुलास चोकबाट एभिल, फेनारागन, डाइजोपाम र लुपिजेशिक गरी जम्मा ७६ एम्पुल प्रतिबन्धित औषधी सहित सुन्दरहरैचा- ६ का ३५ बर्षीय संजिब चौधरीलाई लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका- ९ स्थितबाट अवैध लागुऔषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन १ गते राती १ बजे राजाबास स्थित घाट नजिक कोशीको किनारमा देश ०१-०२-००१ ज ४०५० नम्बरको बोलेरो गाडीमा गाँजा लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेनद्रनगरबाट खटिएको प्रहरी टोलीले १३ बोरामा ४ सय ६ किलो ९४० ग्राम अबैध लागुऔषध गाँजा फेला पारी बरामद गरेसगै बोलेरो चालक धरान उप-महानगरपालिका- ४ का २५ बर्षीय सुर्य राई र हतुवागढी गाउँपालिका- ८ भोजपुरका २७ बर्षीय लक्ष्मण राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

धाकधम्की दिई जबरजस्ती चन्दा माग गर्ने २ जना बिष्फोटक पदार्थसहित पक्राउ
शैक्षिक संस्थाहरुलाई धाकधम्की दिई भुमिगत संगठनका नाममा जबरजस्ती चन्दा माग गर्ने समुहका २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समय देखी मोरङ तथा अन्य जिल्लाहरुमा समेत रहेका शैक्षिक संस्थाहरुमा भुमिगत संगठनका नाममा महासचिव महाविरको दस्तखत भएको नेपाल कम्युनिष्ट पार्टी(माओवादी) लेखीएको लेटर प्याड प्रयोग गरी चन्दा माग गर्ने र नदिए ध्वंसात्मक कार्य गर्ने भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले माघ २९ गते २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा माङसेबुङ गाऊपालिका-१ गजुरमुखी ईलामका ३८ बर्षीय प्रबिण मिश्र र याङवरक गाउँपालिका-१ च्याङथापु पाँचथरका ३० बर्षीय बिपिन अधिकारी रहेका छन् । पक्राउ परेका मिश्रको साथबाट बिष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लामो डेडकर्ड, सोडा आधा केजी ,सहयोग रसिद २ ठेलि, आर्थिक सहयोग सम्बन्धी लेखीएको पत्र ५ थान, मुक्तिनाथ प्रकासनको प्रेस आईडी कार्ड, मोवायल ३ थान र एनसेलका सिमहरु ५ थान तथा अधिकारीको साथबाट काटिएको र नकाटिएको सहयोग रसिद १/१ थान, मुक्तिनाथ प्रकासनको प्रेस आईडी कार्ड, एसबिआई बैकको चेकबुक, मोवायल १ थान र डिजिटल स्टाम्प १ थान बरामद भएको छ । पक्राउ परेको यही समुहले बिराटनगर-३ मा रहेको खालि चौरमा प्रेसर कुकर बम जस्तो बनाई राखेको र उक्त बस्तु नेपाली सेनाको सहयोगमा फागुन १ गते डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 99 times, 1 visits today)

epaper

ताजा समाचार

ममाथि निर्मम छानबिन होस्, बदमासी प्रमाणित भए सजाय भोग्न तयार छु: खगेन्द्र सुनार