काँडेतारलाई च्यारिटी प्रदर्शनमा अबरोध

काठमाडौं । आगामी २५ फागुनबाट रिलिज हुने भनिएको चलचित्र काँडेतारलाई मोफसलका सिनेमा हलले च्यारिटी प्रदर्शन रोकेको छ । सो चलचित्र निर्देशक एवम् अभिनेता नवल खड्काका अनुसार चलचित्र काँडेतारलाई भारत बिरोधी सिनेमा भन्दै जनकपुर र बीरगञ्जमा च्यारिटी प्रदर्शन रोकेको हो ।

मँगलबार दिउँसो काठमाडौंमा यो चलचित्रको ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नवल खड्काले भने,‘यो चलचित्रको मुख्य उदेश्य भनेकै नेपाल भारतको सिमानामा काँडेतार लगाएर सिमाना क्षेत्रमा हुने दुबै देशको अपराधी गतिविधि रोक्नका लागि यो चलचित्र निर्माण गरिएको हो ? तर हामीले जनकपुरको सिडियो जनकपुरमा र बीरगञ्जको त्रिमुर्ती सिनेमा घरका सञ्चालकले बीरगञ्जमा काँडेतारलाई भारत विरोधी सिनेमा भन्दै च्यारिटी शो गर्न दिएनन् ।’ सेन्सर बोर्डले नेपालमा प्रदर्शन गर्नको लागि सेन्सर पास गरिसकेको प्रमाणपत्र समेत दिएको यो चलचित्रलाई यसरी च्यारिटी प्रदर्शन रोक्नु राष्ट्रविरोधी र कानून विपरित कार्य भएको अभिनेता खड्काले बताए ।

आफुले यो चलचित्रलाई २५ फागुनमा रिलिज गर्ने भनेर ८ महिना अघि नै घोषणासहित प्रदर्शनको तयारीमा जुटेको बेला अभिनेत्री रेखा थापाले चलचित्र उपहार र अर्का निर्माताले चलचित्र रँगेली सोही मितिमा ल्याएर जुधाउँदै राष्ट्रिय भावको सिनेमालाई असफल पार्ने कार्य गरेको पनि उनले जिकिर गरे । उनीहरुलाई नवल खड्काले अराष्ट्रिय तत्वको सँज्ञा दिनसमेत बाँकी राखेनन् ।

ट्रेलर रिलिज समारोहमा निकै आक्रोशित भएका अभिनेता नवलले चलचित्र विकाश बोर्डले आफ्नो चलचित्रलाई विशेष चलचित्र घोषणा गरेको भए पनि प्रदर्शनको समयमा बोर्डबाट आफुलाई सहयोग नभएको पनि उनले बताए,‘मैले यो चलचित्रको प्रदर्शनबाट उठेको मेरो शेयरको पैसा मध्य २५ प्रतिसत रकम नेपाल भारतको सिमानामा काँडेतार लगाउनको लागि छुट्याउने छु । यो अभियानमा नेपाल सरकारले मलाई साथ दिनेछ र सिमानामा काँडेतार लगाउने’bout अब सदनमै बहस हुनेछ भन्ने मेरो विश्वास छ ।’ नवलले भने ।

यो चलचित्रकी अभिनेत्री रेविका गुरुङले पनि सेन्सरले प्रदर्शनीको लागि पास गरेर अनुमति दिएको फिल्मलाई पुर्बाग्रही रुपले च्यारिटी गर्नबाट रोक्नु राष्ट्रियता विपरित कार्य हो भनिन् । उनले यस्ता राष्ट्रिय भावका सिनेमाहरु हत्तपत्त निर्माता नहुँने हुँदा आफुहरुले निर्माण गरेको काँडेतारलाई सबैले सघाउन अपिल गरिन् ।

यो चलचित्रकी निर्माता एवम् गायिका सत्यकला राईले काँडेतार भारत बिरोध सिनेमा नभएर स्वधिनता र नेपालको हितको लागि निर्माण गरिएको चलचित्र हो भनिन् । आफ्नो मुलुकको सिनेमामा काँडेतार लगाउनु पाउनुपर्छ भन्ने सम्बन्धित देशका जनताको पनि अधिकारी भएकाले सोही विषयमा आफुहरुले चलचित्र बनाएको उनले जिकिर गरिन् ।

मँगलबार रिलिज गरिएको यो चलचित्रको ट्रेलरमा नेपाल भारतको सिमा क्षेत्रमा हुने विभिन्न अपराध सहित सिमा अतिक्रमणको बिषयलाई मुख्य कथा बनाईएको छ । यो चलचित्रको ट्रेलर ओएरआर डिजिटलबाट रिलिज गरिएको छ ।

यो चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, पुष्प श्रेष्ठ, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, नादिया खड्का, सनया खड्कालगायतका कलाकारको अभिनय गरेको छ ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको लेखन शिवम् अधिकारी र नवलले गरेका हुन् । यो चलचित्रमा मणि थापा र दीपक शर्माको संगीत, सौरभ लामाको छायाँकन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 74 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा २ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक, कुनमा को अगाडि ?