एमाले दैलेखको जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत

दैलेख । नेकपा एमाले दैलेख जिल्ला अध्यक्षमा सूर्यबहादुर शाही चयन भएका छन्।एमालेको आठौँ जिल्ला अधिवेशनले उनको नेतृत्वमा ९१ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

उपाध्यक्षमा प्रेमबहादुर बुढा,सचिवमा हिमालय जंग शाह ,उपसचिवमा मीन बहादुर बुढा क्षेत्री,तारा सोनी निर्वाचित भएको नेकपा एमालेका जिल्ला कमीटी सदस्य यामनारायण उपाध्यायले जानकारी दिए । शाहीअघिल्लो पटक अध्यक्षमा रवीन्द्रराज शर्मासँग पराजित भएका थिए ।जिल्ला विकास समितिका पूर्व उपसभापति शाही जिल्लाको राजनीतिमा चिनिएका नेता हुन् ।

जिल्ला अध्यक्षका लागि चार जना आकांक्षी भएपनि अन्तत शाही अध्यक्षमा चुनिएका हुन्। जसमध्ये तिलकप्रसाद रिजाल, नन्दकिशोर बस्नेत र प्रेमबहादुर बुढाले शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेताहरुको लामो प्रयासपछि सहमति जुटेको नेकपा एमाले कर्णाली प्रदेशका उप–सचिब रबिन्द्रराज शर्माले जानकारी दिए । ‘जिल्लाका नेता तथा कार्यकर्ताको आग्रह अनुसार नै सर्वसम्मत नयाँ नेतृत्व चयन गरेका छौ’उनले भने । ९१ सदस्यीय जिल्ला कमिटीमा २ सय ८० भन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा के गर्न पाइदैन ?