पूर्वराजधानीकर्मी प्रेम स्याङ्तानको निधन

काठमाडौं । पूर्वराजधानीकर्मी प्रेम स्याङ्तानको बुधबार निधन भएको छ ।

४२ वर्षीय स्याङ्तानको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचारका क्रममा निधन भएको हो । उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उनको बुधबार नै अन्तिम दाहसंस्कार गरिएको छ ।

उनी विगत एक वर्षदेखि परिवारसहित नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयको पत्रकार आवासगृहमा रहेर मिर्गौलाको डायलासिस र उपचार गराउँदै आएका थिए ।

वैदेशिक रोजगारीका सिलसिलामा रहँदा नेपाल पत्रकार महासंघ कतार शाखामा आबद्ध रही सहसचिवको जिम्मेवारी निर्वाह गरेका स्याङ्तानले स्वास्थ्य समस्याका कारण स्वदेश फर्किएर आफ्नो महासंघको सदस्यता काठमाडौं शाखामा स्थानान्तरण गरेका थिए ।

स्वर्गीय स्याङतानका श्रीमती र दुई छोरी छन् ।

राजधानी राष्ट्रिय दैनिक स्वर्गीय पत्रकार स्याङ्तानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।

तपाइको प्रतिक्रिया
(Visited 268 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘दुर्बासा’ पत्रकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु