अर्घाखाँचीमा चौरासी पुजामा १३ लाखभन्दा बढीको अक्षयकोष

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालीका वडा नम्बर २ निवासी सामाजिक व्यक्तित्व नन्दलाल श्रेष्ठको चौरासी पुजाको अबसरमा छोरा बुहारी, छोरी ज्वाइँ, नातिनातिना एवं घरपरिवारको तर्फबाट अक्षयकोष स्थापना गरेका छन ।

सन्धिखर्क २ मा रहेको भगवती माध्यमिक बिद्यालय शंकेटारीलाइ ११ लाख ११ हजार ११ रुपैया र भक्तिटोलमा रहेको सिद्धेस्वर शिबालयलाई २ लाख २ हजार २ सय २२ रुपैया गरी १३ लाख ३ हजार ३ सय ३३ रुपैया बराबरको अक्षयकोष स्थापना गर्नुभएको हो ।

छोराहरु ठाकुर प्रसाद श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, काजी श्रेष्ठ, छोरी माया श्रेष्ठ र श्रेष्ठ परिवारले उक्त रकम हस्तान्तण गरेको हो ।

विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा १० सम्मका असहाय तथा जेहेन्दार विद्यार्थीलाई पढाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले बुबा नन्दलाल श्रेष्ठको चाहाना अनुसार चौरासी पूजाको दिन स्वर्गीय आमा उमाकुमारी श्रेष्ठको सम्झनामा अक्षयकोष स्थापना गरिएको उहाँका माइला छोरा सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले बताए ।

त्यस्तै शिद्धेश्वर शिवालय मन्दिरमा २ लाख २ हजार २ सय २२ रुपैयाँ रकम मन्दिरको नाममा अक्षयकोष स्थापना गरेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 177 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस पूर्वसभापति देउवा २३ साउनमा फर्किने