साहित्यकार तिलकप्रकाशको ‘मेरो कथा मेरो व्यथा’ र कृतिको भूमिका सार्वजनिक

भक्तपुर । उमेरले ९० को हाराहारीमा पुगेका साहित्यकार तिलकप्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समयदेखि लेखनलाई नै जीवनसाथी बनाउँदै आएका तिलकप्रकाशको आत्मकथा मेरो कथा मेरो व्यथा र उनका विभिन्न कृतिका भूमिका समेटिएको पुस्तक एकैसाथ विमोचन भएको हो ।

भक्तपुरको दुधपाटीस्थित तिशा इन रेस्टुरेन्टमा तिशा ट्रस्टले आयोजना गरेको एक कार्यक्रमबीच लेखक तिलकप्रकाशका दुई कृतिहरू ‘मेरो कथा, मेरो व्यथा’ र ‘तिलकप्रकाशका कृतिका भूमिका’ विमोचन क्रमशः पूर्वसभामुख दमननाथ ढुंगाना र नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति विमल निभाले गरेका हुन् ।

कार्यक्रममा पूर्वसभामुख ढुंगानाले नेपालको राजनीतिक क्षेत्रमा तिलकप्रकाशको भूमिका महŒवपूर्ण रहेको उल्लेख गरे । उनले राजनीतिक रूपमा निष्ठावान् व्यक्ति भएर पनि छलछामको राजनीति गर्न नजान्दा पछि परेको उल्लेख गर्दै साहित्यिक कर्मले तिलकप्रकाशको छवि उच्च बनेको चर्चा गरे ।

उनले साहित्यका र तिलकप्रकाशको जीवनका साथै विभिन्न लेख र विचारबाट वर्तमान राजनीतिक व्यक्तिले पाठ सिक्नुपर्नेमा जोड दिए । उनले अहिलेको राजनीतिमा इमान हराउँदै जाँदा राजनीतिप्रति नै नयाँ पुस्ताको वितृष्णा बढिरहेका कारण राजनीतिक दलका नेता सुध्रिनुपर्ने चर्चा गरेका थिए ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं साहित्यकार विमल निभाले लेखक तिलकप्रकाशको साहित्य उँचो रहेको बताए । उनले तिलकप्रकाशलाई राजनीतिले भन्दा साहित्यले परिचित बनाएको उल्लेख गर्दै उनको नवीनतम कृतिका साथै वीर ग्रन्थ नामक पुस्तकबाट आफू ज्यादै प्रभावित भएको उल्लेख गरे ।

विमल निभाले लेखक तिलकप्रकाशमा राजनीतिक मात्र नभएर ऐतिहासिक चेतसमेत रहेकाले वीरहरूको जीवनी लेखन गरेर नेपाली साहित्यमा ठूलो योगदान दिएको जनाएका थिए ।

कार्यक्रममा अर्का लेखक एवं चिन्तक ओमचरण अमात्यले लेखक तिलकप्रकाशको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै आफ्नो पुस्तकमार्फत जनाएको अभिव्यक्तिप्रति राजनीतिक दल र नेपाली सचेत हुनुपर्ने जनाए ।

कार्यक्रममा सञ्चारकर्मी सन्जिव दुलाललाई तिशा इनले लेखनवृत्ति समेत प्रदान गरेको थियो । तिशा इनले हरेक वर्ष भक्तपुरको कला, साहित्य, संस्कृति, लेखन विधामा क्रियाशील व्यक्ति तथा संघसंस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ । सोही सिलसिलामा यस वर्ष पत्रकार दुलाललाई नगद ५० हजार ५ रुपैयाँ प्रदान गरिएको तिशा इनका सञ्चालक प्रशान्त कायस्थले बताए ।

कार्यक्रममा लेखक तिलकप्रकाशले आफूले जीवनमा भोगेका, अनुभव गरेका विषयलाई समावेश गरी आत्मवृत्तान्त लेखेको बताए । कार्यक्रममा उनले सो पुस्तकका साथै अन्य पुस्तक प्रकाशनमा सहयोग गर्ने अगिब बनेपाली र सुमि बनेपालीलाई सम्मान गरेका थिए ।

कार्यक्रममा तिशा ट्रस्टका रन्जन कायस्थले पुस्तक प्रकाशन गर्नुको कारण’bout उल्लेख गर्दै आगामी दिनमा पनि विभिन्न साहित्यिक गतिविधि गर्ने बताए ।

८९ वर्षीय लेखक एवं साहित्यकार तिलकप्रकाशका ८ वटा नेपाल भाषाका र ८ वटा नेपाली भाषाका विभिन्न पुस्तक प्रकाशन भइसकेका छन् । हालका दिनमा समेत दैनिक १८ घण्टासम्म पुस्तकमा नै रमाउने कायस्थका प्रकाशित कृतिमा योमरी उक्ति संग्रह, धनमाया लघु खण्डकाव्य, यौन ज्ञान मनोविज्ञान, नगजः निबन्ध संग्रह, ख्ववि झसुका शोक काव्य, वयागु हाथ्या कथा संग्रह, उत्सर्ग कविता संग्रह, परिवार नियोजन के हो किन कसरी, यौनज्ञान मनोविज्ञान, शारदा शोककाव्य, लक्ष्मण रेखा निबन्ध संग्रह, झुक्न नजानेको राष्ट्रवादी नेता बिपी कोइराला, वीर ग्रन्थ ६० सपूतको गाथालगायतका पुस्तक प्रकाशन भइसकेका छन् । दैनिकजसो कलम कापीलाई नै साथी बनाएर बस्ने तिलकप्रकाशका दैनिक पत्रपत्रिका तथा विभिन्न अन्य पुस्तक तथा जर्नल एवं पत्रपत्रिकामा लेख रचनाहरू प्रकाशित हुँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 75 times, 1 visits today)

epaper

ताजा समाचार

पर्यटकसँग अनैतिक सम्बन्ध राख्न खोज्ने १६ महिला पक्राउ