च्याउ खेतीबाटै बार्षिक ३६ लाख आम्दानी

गुल्मी । गुल्मीको एक परिवारले च्याउ खेतीबाटै बार्षिक ३६ लाखसम्म आम्दानी गरेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–०८ निवासी कमला भलामी परिवारले च्याउ खेतीबाटै घरमै बसेर मनग्य आम्दानी गरेको हो । ४२ बर्षिया कमलाले ०७६ सालदेखि घरकै सटरबाट च्याउ उत्पादन सुरु गरिन् ।

त्यसपछि कृषि ज्ञान केन्द्रबाट एक लाख अनुदान ल्याएर एउटा टनेलबाट व्यावसायीक च्याउ खेती सुरु गरेकी थिइन । घरको सटर र टनेलबाट करिव ६० हजार नाफा भएपछि कमलालाई च्याउ खेतीमा उत्साह थपियो । बर्षेनी टनेल थप्दै गइन् । अहिले कमलाले ७० वटा टनेलहरुमा च्याउ उत्पादन गर्छिन् । टनेलहरुमा महिनामा सातदेखि दश हजार बलहरु थप्छिन् । कमलाले बाह्रै महिना च्याउ फलाएर बजार पठाएकी छन् । च्याउले रोपेको एक महिनामा उत्पादन दिन्छ । अहिले दैनिक सात सय किलो च्याउ उत्पादन हुँदै आएको कमला बताउँछिन् । दुई सयदेखि ढाईसय किलो सदरमुकाममै बिक्री गर्छिन् । फर्मबाट दैनिक बजार मुल्य अनुसार चारदेखि पाँचसय किलोसम्म बुटवल पुग्ने गरेको छ ।

कमलाका अनुसार अहिलेको बजार मुल्यका आधारमा एक लाख बढिको च्याउ दैनिक बिक्री हुने गरेको छ । भलामीकोबाट होलसेल मुल्यमा किनेर नियमित तम्घास बजारमै बिक्री गर्नेहरु आठ जना छन् । बुटवलमा मौषममा प्रतिकिलो एक सय ५० र बेमौषममा एक सय ८० सम्म पर्छ । तम्घासमै दुई सय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ । ‘मासिक ३० लाखको च्याउको कारोबार हुन्छ, जसमध्ये खर्च कटाएर तीन लाख बचत हुन्छ ।’ कमलाले भनिन्, ‘बार्षिक ३६ लाखभन्दा बढी बचत भएको छ ।’

२५–३० जनालाई रोजगारी
कमलाले गरेको च्याउ खेतीबाट २५ देखि ३० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । टनेल निर्माण, पराल व्यवस्थापन, च्याउ लगाउने, टिप्ने, बजारसम्म पु¥याउने लगायतका काममा कामदारको प्रयोग हुदैँ आएको छ । अहिले इलामबाट आएका मात्रै सात जना, जिल्लाका ११ जना नियमित कामदार छन् । अन्य कामदार आवश्यकताको आधारमा आउने गर्दछन् । कमला दम्पत्ती पनि स्वदेशमा रोजगारी नदेखेपछि कुनै समय जापान गएका थिए । तर त्यहाँपनि रकम बचत नभएपछि उनीहरु स्वदेश फर्केका थिए । कुनै समय कामकै लागि परदेश पसेकी कमलाले अहिले स्वदेशमै रोजगारी सिर्जना गरेकी छिन् । कमलाले आफ्नो बाहेक सात ठाउँमा जग्गा भाडामा लिएकी छिन् ।

टनेल निर्माणमा ७० लाख
भलामीका अनुसार ७० लाखकै हारहारीमा टनेल निर्माणमा खर्च भएको छ । उनले एक हजार बलहरु झुण्ड्याउन मिल्ने टनेल बनाएकी छन् । एउटा टनेललाई एक लाख खर्च हुन्छ । जग्गाको भाडा पनि बार्षिक ढाई लाख छ । इलामबाट आएकाले बिहानको खाना, खाजा र बाससहित ठेक्कामा प्रतिवल ४० रुपैयाँमा काम गर्छन् । भने चार जनाले बिहानको खाना, खाजा र बाससहित मासिक १५ हजारमा काम गरिरहेका छन्् । त्यस्तै एक लटमा करिव तीन लाखको बिउ खरिद गर्नुपर्छ । त्यो बाहेक पलाष्टिक, र आवश्यक सामग्रीमा पनि खर्च हुने गरेको छ

कुरीलो र टमाटर पनि बिक्री, व्यवसायमा सन्तुष्ट
कमलाले दुई रोपनी जग्गामा कुरिलो लगाएकी छिन् । कुरिलो सदरमुकाम तम्घास बजारमै बार्षिक डेढ–दुई लाखको बिक्री हुन्छ । च्याउका टनेल सधै उत्पादनमा प्रयोग हुँदैनन् । एकपटक उत्पादन भएपछि करिब सात महिना केहि गरिदैन । सोहि समयमा भलामीले टमाटर फलाउँछिन् । दैनिक २५–३० किलो टमाटर समेत बिक्री हुँदै आएको भलामी बताउछिन् । दुई बर्षदेखि श्रीमान रमेश भलामी पनि घरमै छन् । अहिले दुई जनाको जोडले व्यवसाय फस्टाएको छ । आफ्नो कर्ममा पूर्ण सन्तुष्ट रहेको बताउदैँ कमलाले अन्य युवाहरुलाई पनि स्वदेशमै सम्भावना खोज्न आग्रह गरिन् ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर टिकट नपाएपछि समाजवादी जिल्ला अध्यक्षद्धारा पार्टी छाडेको घोषणा