मायादेविका समुदायमा सचेत गराउन १७ युवा तयार

कपिलवस्तु । दलित समाजिक विकास केन्द्रको आयोजना र यु एम एनको सहयोगमा ५ दिने अभिभावक शिक्षा सम्वन्धी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । होटेल पौवा गोरुसिङ्गेमा आयोजित कार्यक्रममा १७ जनाको सहभागिता रहेको थियो ।

परिवर्तनका लागि वालवालिका, युवा तथा समुदाय (सिवाईसिसि) परियोजना अन्तरगतका स्वयम्सेवक र सामुदायिक परिचालकको सहभागिता रहेको थियो । संस्थाले मायादेवि गाउँ पालिकाको सबै वडामा विद्यालय नजाने बाल वालिकाका अभिभावकलाई क्षमता अभिवृदी गराई समुदाय परिचालन गर्दै आएको संस्थाका सचिव रिखिराम हरिजनले बताए ।

तालिम पछि समुदायमा पुगेर कार्ययोजना निर्माण गरि लक्षीत वर्गको पहुँचमा अभिवृद्दी गर्ने कार्यकारी निर्देशक राम शरन रैदासले बताए । सो तालिम यु एम एन का सिवाईसिसि परियोजना व्यवस्थापक नवराज जोसीले सहजिकरण गरेका थिए ।

तालिममा सिकेका कुराले समुदायमा रहेका समस्या पहिचान गरि समाधानका उपाय खोजि गर्न सहयोग पुराउने सहभागीले बताए । तालिम पछि गर्भावस्था देखि ८ वर्ष सम्मका वालवालिकाका अभिभावकलाई अभिभावक शिक्षा प्रदान गरिने छ ।

तपाइको प्रतिक्रिया
(Visited 302 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस पूर्वसभापति देउवा २३ साउनमा फर्किने