सूदूरपश्चिममा कांग्रेस सरकार अल्पमतमा

धनगढी । केन्द्रमा बदलिएको सत्ता समिकरणसँगै सुदूरपश्चिम प्रदेश सरकारमा रहेको नेकपा एकीकृत समाजवादी पनि सरकारबाट बाहिरिएको छ । नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्रीको नेतृत्वमा नेकपा एकीकृत समाजावादी सरकारमा सहभागी रहेको थियो ।

केन्द्रमा नेकपा एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन जनाउँदै सरकारमा सहभागी भएपछि प्रदेश सरकारबाट बाहिरिएको हो । समाजवादीकातर्फबाट आर्थिक मामिलामन्त्री रहेका नरेशकुमार शाहीले मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर समीकरण फेरिएका कारण पदमा बसिरहन नसक्ने जानकारी गराएका छन् ।

शाहीको उक्त जानकारीपछि मुख्यमन्त्री शाहले उनले सम्हालिरहेको मन्त्रालय आफैसँग राखेका छन् । चार जना प्रदेश सभा सदस्य रहेको एकीकृत समाजवादीले संसदीय दलको बैठकबाट बिहीवार सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

यसअघि बुधबार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एकीकृत समाजवादीले मुख्यमन्त्री शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएसंगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि हाल मुख्यमन्त्री शाहलाई काग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ जना सासदको मात्र समर्थन रहेको छ । ५३ सदस्यीय यो प्रदेशमा सरकार बनाउन २७ जना सांसदको समर्थन आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका ११, एमालेका १०, नाउपाका ७, नेकपा (एकीकृत समाजवादी) का ४, राप्रपा एक र स्वतन्त्र एक जना सांसद छन् भने एउटा सिट रिक्त छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जब अध्यक्षकै उम्मेदवारले पार्टी परित्याग गरे…