अप्राकृतिक गठबन्धन ढल्नुपर्ने थियो ढल्यो : उपाध्यक्ष ज्ञवाली

तुलसीपुर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले वर्तमान गठबन्धन देश र जनताको हितमा भएको बताए । प्रेस चौतारी दाङको आयोजनामा तुलसीपुरमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले मुलुकलाई अनिर्णयको बन्दी बनाउने काँग्रेससहितको अप्राकृतिक गठबन्धन ढल्नैपर्ने थियो र ढलेर उपयुक्त वातावरण भएको बताए ।

पुँजीवादको वकालत गर्ने काँग्रेस र समाजवादको कुरा गर्ने कम्युनिष्ट बीचको मुद्दा नमिल्ने भएकाले अप्राकृतिक गठनबन्धनको आयु छोटो भएको उनलेले बताए । कम्युनिष्टका नेता प्रधानमन्त्री भए पनि कांग्रेसको नियन्त्रणमा तत्कालीन पाँच दलिय सरकार भएकाले त्यसबाट देशले आर्थिक समृद्धि हासिल गर्न नसक्ने अवस्थामा एउटै उद्देश्य, लक्ष्य बोकेका कम्युनिष्ट मिल्नु नै देशको हितमा भएको दाबी उनलेले गरे ।

‘विगतमा के के भयो त्यतातिर नजाऊँ । तर पछिल्लो समय नेताहरूको बुद्धि फि¥यो । लक्ष्य र उद्देश्य एउटै हो भने किन फरक फरक पसल थाप्ने भन्ने कम्युनिष्ट नेताहरूमा चेत आयो र वर्तमान गठनबन्धन बनेको हो । कुनै अन्तराष्ट्रिय शक्तिका कारण ढलेको होइन ।’ ज्ञवालीले भने । पुरानै गठबन्धनको सरकारले निरन्तरता पाएको भए देश बर्बादीको दिशा तर्फ जान सक्ने खतरा देखिएपछि सरकार ढाल्ने कसरत थालेको र प्रधानमन्त्री प्रचण्डले पनि समयमै बुझेकाले सरकार परिवर्तन गर्न सम्भव भएको उनलेको भनाई छ ।

देश बदल्ने भाषण गर्न सजिलो भएपनि परिवर्तनका लागी पहिले आफु बदलिनु पर्ने उनलेको भनाई छ । दुनियाँ बदल्छु भन्नेहरुले नै आफूलाई बदल्न नसक्दा समस्या भएको भन्दै उनले आफूलाई नबदलेर दुनियाँ बदल्न नसकिने बताए । वर्तमान गठबन्धनको सरकारलाई कसैले पनि ढाल्न नसक्ने ठोकुवा गर्दै यहि सरकारले २०८४ सालको चुनाव गराउने र मतपरिणामको आधारमा एमालेले बहुमत ल्याएर एकलौटी सरकार निर्माण गर्ने समेत उपाध्यक्ष ज्ञवालीले दाबी गरे ।

प्रेस चौतारी दाङका अध्यक्ष प्रेम राम्जाको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गरेका थिऐ भने स्वागत मन्तव्य उपाध्यक्ष दिप्तीशीखा चौधरीले गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 79 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस पूर्वसभापति देउवा २३ साउनमा फर्किने