बलयवासमा रेडियो निगरानी खुल्ने

सर्लाही । पुरानो बजार बयलवासमा पनि रेडियो सञ्चालनमा आउने पक्का भएको छ । निगरानी मिडिया नेटवर्कले ईश्वरपुर नगरपालिकाकै पहिलो रेडियोको रुपमा रेडियो निगरानी १०७ मेगाहर्ज सञ्चालनमा ल्याउने भएको हो । रेडियो सञ्चालनका लागि उक्त मिडियाले शुक्रवार नगरपालिका कार्यालयबाट ईजाजत पत्र समेत प्राप्त गरेको छ ।

ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले रेडियो सञ्चालनको लागि निगरानी मिडिया नेटवर्कका सञ्चालक तथा राजधानीकर्मी पत्रकार राकेश गुप्तालाई रेडियोको ईजाजत पत्र प्रदान गरेका थिए । उनले रेडियो निगरानीले ईश्वरपुरसहित जिल्लामै सूचना सम्प्रेषणमा अग्रणी भूमिका खेल्ने विश्वास व्यक्त गरे । जिल्लाको ठुलो र पुरानो बजार भएर पनि बयलवास बजारमा एउटा पनि रेडियो थिएन । निगरानी मिडिया नेटवर्कले यहाँ रेडियो सञ्चालन गरेर नगरवासीको चाहाना पुरा गर्न खोजेको भन्दै मेयर आचार्यले खुशी व्यक्त गरे ।

रेडियो सञ्चालनको सम्पूर्ण तयारी गरिरहेको र सम्भवतः नयाँ वर्ष २०८१ सालको पहिलो दिन देखि नै रेडियोले परिक्षण प्रसारण शुभारम्भ गर्ने निगरानी मिडियो नेटवर्कका सञ्चालक गुप्ताले बताए । उनले बयलवासमा एउटा रेडियो होस् भन्ने बलयवासवासीको चाहना अनुरुप नै आफूले रेडियो सञ्चालन गर्न लागेको बताए । उनले रेडियो निगरानी सिङ्गो ईश्वरपुरवासीको रेडियो भएकोले रेडियो सञ्चालनमा सम्पूर्ण रुपले सहयोग गर्न समेत आग्रह गरे ।

रेडियोको लाईसेन्स हस्तान्तरण कार्यक्रममा उपमेयर रञ्जिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, योजना अधिकृत पुस्कर घिमिरे, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष पत्रकार कृष्ण थपलिया, उपाध्यक्ष रामबहादुर खडका, लोकप्रिया आवाज दैनिकका सम्पादक पत्रकार मुकेश झा, रेडियो बरहथवाका सञ्चालक पत्रकार घनश्याम सिंह लगायतको उपस्थिति रहेको थियो ।

हाल सर्लाहीमा ११ ओटा रेडियो सञ्चालनमा रहेका छन् । रेडियो निगरानी सञ्चालनमा आउनसाथ जिल्लामा बज्ने रेडियोको सख्या १२ हुनेछ । जिल्लामा डेढ दर्जन जति रेडियो दर्ता रहेको भए पनि केही रेडियोहरु भने बन्द भइसकेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 138 times, 1 visits today)

epaper

ताजा समाचार

प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण