मधेशी समुदायलाई हेपेको चरित्र खेल्न मान्दैनन महाजात्राका मुन्ना

काठमाडौं । एक समय थियो । जतिबेला अभिनेता रबिन्द्र झा जनकपुरको मिनाप नाट्य समुहको नाटकमा व्यस्त हुन्थे । त्यतिबेला उनलाई जनकपुर नै प्यारो लाग्थ्यो । काठमाडौंबाट चलचित्रमा काम गर्न प्रस्ताव आउँदा पनि उनी सिनेमामा आउन चाहँदैन थिए । हरिबँश आचार्यहरुले उनलाई रेडियो नाटक खेल्न काठमाडौं बोलाएपछि अभिनेता एवम् निर्माता रबिन्द्र बानियाँसँग उनी निकट भए । बिनयाँले सोही क्रममा हरिबँश आचार्यको सोर्स लगाएर झलाई चलचित्र ‘जात्रा’मा अनुबन्धित गरे । जात्राको सफलतापछि उनी चलचित्रमा यतिधेरै व्यस्त भएकी रबिन्द्र झासँग अहिले नाटकमा अभिनय गर्ने फुर्सद छैन ।

त्यसो त रबिन्द्रले एक दशक अघि १२ नेपाली एक चिहान चलचित्र मार्फत नेपाली सिनेबृत्तमा डेब्यु गरेका थिए । त्यसपछि उनले दोश्रो चलचित्र चँखे सँखे पँखेमा अभिनय गरे । ती दुबै चलचित्रबाट उनी चर्चामा आएनन् । जब उनले तेश्रो चलचित्र जात्रामा मुन्ना ठाकुर चरित्र निर्वाह गरे । त्यसपछि उनलाई दर्शकले जात्राको मुन्ना ठाकुर भनेर चिने ।

यतिबेला जात्राको तेश्रो सिक्वेल चलचित्र ‘महाजात्रा’ प्रदर्शनको तयारीमा छ । यो चलचित्र यही शुक्रबारबाट देशव्यापी रिलिज हुँदैछ । यो चलचित्रका तीन मुख्य नायक मध्यका एक नायक (मुन्न) रबिन्द्र झा हुन् । बाँकी दुई नायकमा बिपिन कार्की (फडिन्द्र) र रबिन्द्र सिंह बानियाँ (जोयस) रहेका छन् ।

अभिनेता रबिन्द्र झाको भनाईमा मधेसलाई नै व्यँग्य गर्ने शैलीमा मधेसका पात्रलाई नेपाली चलचित्रमा प्रस्तुत गरिन्छ । मधेसीलाई यसरी हेपिएको चरित्र निर्वाह गर्न उनलाई मन पर्दैन । यस्तो चरित्र आउँदा आफुले अभिनय नगर्ने उनको कथन छ । तर पहिलो पटक आफुलाई जात्रामा यस्तो कुनै भेदभाव नगरिएको मधेसी पात्रमा काम दिईएको उनले बताए,‘यो फिल्ममा हामी तीन जना रबिन्द्र, बिपिन र म फरक पेशा र पृष्ठभूमिमा छौं । तर यो चलचित्रमा मेरो पात्रले मधेशीलाई हिनताबोध हुने कुनै काम गरेको छैन र मधेस पात्रमाथि व्यँग्य गरिएको पनि छैन ।’

यो चलचित्रमा अभिनेता झाले हजामको भूमिका निर्वाह गरेका छन् । तर यो चरित्र निर्वाहगर्न उनलाई सजिलो थिएन । जात्रा सृँखलामा हजामको भूमिका निर्वाह गर्दाको क्षणलाई सम्झँदै यी अभिनेताले भने,‘सुरुमा मलाई मुन्ना ठाकुरको रुपमा अनुबन्धित गरेपछि जाबो कैंची समातेर कापल त काटिहाल्छु नी जस्तो लाग्यो । तर जब हजामकोमा पुगेँ, त्यसपछि कपाल दाह्री काट्न त निकै गाह्रो काम पो रहेछ भन्ने मलाई महसुस भयो ।’

यो चलचित्रको लागि उनले पाँच दिनसम्म सैलुनमा बसेर कैंची, छुरा समात्ने, चलाउने देखि कपाल दाह्री काट्ने तरिका सिकेका रहेछन्,‘चार÷पाँच दिन सैलुनमा बसेर मेरो पुरानो हजामसँग मैले कपाल दाह्री काट्ने तरिका सिकें । तसपछि बल्ल म चलचित्र जात्रामा मुन्ना ठाकुरको रुपमा हजामको भूमिका निर्वाह गर्न सफल भएँ ।’ जात्रादेखि जात्राको तेश्रो सृँखला महाजात्रासम्म आईपुग्दा हजारको भूमिका अझ बढी परिपक्क भएको उनले बताएका छन् ।

चलचित्र महाजात्रामा अभिनेता रबिन्द्र झा धेरै पैसा देखेपछि बेहोस भएर मुखबाट फिँज काढ्ने भूमिकामा छन् । यी अभिनेताको कथनमा उनलाई धेरै पैसा देखेपछि अहिले पनि डर लाग्छ । उनी कहिल्यै पनि गोजीमा धेरै पैसा बोक्दैनन्,‘मैले अहिलेसम्म पनि एकसाथ एक करोड रुपैयाँ देखेको छैन । त्यत्रो पैसा देखेँ भने त म बास्तबमै बेहोस भईहाल्छु ।’ अहिले पनि उनी हजार रुपैयाँ भन्दा बढी पैसा भयो भने त्यो पैसा घरमा श्रीमतीलाई राख्न दिने तथा बैंकमा जम्मा गर्न लगाउने गरेको पनि उनले खुलासा गरे ।

पैसामात्र हैन, उनलाई सुन देख्दा पनि डर लाग्छ । चलचित्र जात्रैजात्रामा सुन देखेपछि बेहोस हुने भूमिकामा उनी थिएँ । एक पटक भारतको तामिलनाडुमा जाँदा ढोका खुल्ला भएको घरमा थुप्रै सुन देखेर उनी निकै डराएका थिए । तर त्यहाँ आफन्तले घरमा चोरी नहुने बताएपछि बल्ल ढुक्क भएको उनले स्मरण गरे,‘मलाई सुन र पैसा धेरै देखेपछि साह्रै डर लाग्छ । त्यही भएर पनि सुन र पैसा देखेपछि बेहोस हुने भूमिकामा उहाँहरुले मलाई राख्नु भएको हो जस्तो लाग्छ ।’

पछिल्लो समय तराईमा नेपाली चलचित्र चल्न छाडेको छ । रबिन्द्रको भनाईमा उनी जनकपुरमा हुँदा कुनै समय त्यहाँ नेपाली चलचित्र प्रदर्शन गरिन्थ्यो र नेपाली फिल्म हेर्न हलमा दर्शकको भिड लाग्यो । तर अहिले तराईमा नेपाली चलचित्र नचल्नुमा नेपाली चलचित्रकर्मी नै दोषी भएको रबिन्द्र झाको ठहर छ,‘यहाँका निर्माता वितरकहरुले तराईका सिनेमा हलमा नेपाली चलचित्र प्रदर्शन गरिदिए बिस्तारै त्यहाँका दर्शकमा नेपाली फिल्म हेर्ने बानी पथ्र्यो । तर तराईमा नेपाली फिल्म नै चल्दैन भनेर त्यहाँका हलमा सिनेमै देखाउन छाडेपछि कसरी नेपाली चलचित्र चल्छ त ?’ उनले प्रतिप्रश्न गर्दै भने,‘कमसे कम जात्रा र जात्रै जात्रालाई तराईमा प्रदर्शन गर्नु भयो । अब महाजात्रालाई पनि तराईका सबै हलमा प्रदर्शन गर्नु हुनेछ भन्ने विश्वास मैले लिएको छु ।’ रबिन्द्रले भने ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
४४ संस्थाका १० हजार पर्यवेक्षकलाई अनुगमन अनुमति