सशस्त्रको नम्बर ४ गणलाई अर्काे सफलता, फेरि १६४ किलो गाँजा बरामद

सुनसरी । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हे.क्वा सुनसरीले फेरि ठूलो मात्रामा गाँजा बरामद गरेको छ । दुई दिनअघि मात्र ५५ किलो गाँजा बरामद गरेको सो गणले बुधबार विहान साढे १ बजे झण्डै १६४ किलो गाँजा बरामद गरेको हो । एक महिनाअघि पनि सो गणले एम्बुलेन्सबाटै गाँजा बरामद गरेको थियो ।

बुधबार विहान १ बजेर ३५ मिनेट जाँदा सो गणले १६३.८४५ ग्राम गाँजा बरामद सशस्त्र प्रहरी बल प्रधान कार्यालय सूचना शाखा प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले बताए ।

सुनसरी बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदीको किनारमा ५÷६ जना व्यक्तिले डुंगाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सशस्त्र प्रहरी सहायक निरीक्षक बिगबहादुर गोलेको कमाण्डमा खटिएको ६ जनाको मोटरसाइकल गस्ती टोलीलाई देखेर गाँजा छाडी डुंगा लिई उनीहरु भागेको थापाले बताए ।

गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको पनि थापाले बताए ।

उनले हालसम्म सशस्त्र प्रहरी बल नेपाल नं ४ गणबाट १ फागुनदेखि हालसम्म १ एम्बुलेन्ससहित ५६४.४७५ किलो गाजा बरामद भइसकेको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)

epaper

ताजा समाचार

प्राविधिक शिक्षालयका प्रशिक्षकहरुका लागि सीपमूलक प्रशिक्षण