Sunday, June 7, 2020
Home विदेश केजरीवाल नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

केजरीवाल नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

नयाँ दिल्लीमा ६६९ जना सङ्क्रमित, नाै जनाकाे मृत्यु

दिल्ली । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्ने भएका छन् ।

उनले बिहीबार अपरान्ह भारतमा र विशेषगरी नयाँ दिल्लीमा बढ्दै गएको कोरोनाको सङ्क्रमणका विषयमा अधिकारीहरुसँग परामर्श गरी रोकथामका थप कार्यक्रमहरु तय गर्न लाग्नुभएको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

नयाँ दिल्लीमा पनि भारतका महाराष्ट्र र तामिलनाडूपछि धेरै कोरोना सङ्क्रमितहरु भेटिएका छन् । बिहीबार बिहान प्राप्त भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार भारतीय राज्य नयाँ दिल्लीमा ६६९ जना सङ्क्रमित भेटिएका छन् ।

उक्त समाचारमा यहाँ उपचारपछि २१ जना संक्रमित निको भएर घर फर्र्किका छन् भने ९ जनाको मृत्यु भएको छ ।
मुख्यमन्त्री केजरीवालले उक्त राज्यमा कोरोना भाइरसको उपचार तथा यसका कारण गरिएको लकडाउनका लागि आवश्यक बाहेकका अरु सबै खर्च कटौतीको निर्देशन दिइसकेका छन्।

उनले उक्त राज्यका वित्त विभागलाई कर्मचारीको नियमित तलब र कोरोना भाइरसको नियन्त्रण एवं रोकथामबाहेकका अरु सबै खर्च कटौतीका लागि अघिल्लो हप्ता नै आदेश दिएका थिए ।

आजको बैठकमा पनि यसैसँग सम्बन्धित कार्यक्रमहरुका साथै दिल्लीमा बढ्दो रुपमा देखिएको कोभिड १९ को रोकथामका नयाँ कार्यक्रमहरुका बारेमा छलफल हुने अधिकारीहरुले जनाएका छन् ।

(Visited 50 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

भर्खरै

क्वारेन्टाइनमा मृत्यु भएका थापाका आफन्तलाई २५ हजार सहयोग

दैलेख । केही दिन अगाडी क्वारेन्टाईनमा मृत्यु भएका दुल्लू नगरपालिका ११ का ३५ बर्षिया कर्णबहादुर थापाको आफन्तलाई दुल्लू नगरपालिकाले २५ हजार रुपैंया किरिया खर्च...

विदेशमा नेपालीको मृत्यु र कोरोना संक्रमण दरमा उल्लेख्य कमी

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा...

लकडाउनमा सन्देश श्रेष्ठले ल्याए तीन म्युजिक भिडियो

काठमाडौं । गायक एवं संगीतकार सन्देश श्रेष्ठले लकडाउनका बेला तीनवटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ बोलको भिडियो...

काठमाडाै‌ंमा घाम लाग्याे, मौसममा सुधार हुने

काठमाडाै‌ं ।  आइतवार बिहानैदेखी काठमाडाैमा घाम लागेकाे छ ।  केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ ।...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)