सर्लाही । सर्लाहीमाको मलंगवा नगरपालिकामा रहेको स्तुती सम्य हेल्थ केयरका संचालक डा. गुणेश्वर झा सराहनीय कार्य निरन्तर रुपमा गर्दै आएका छन् । डा. झा यतिबेला विपन्न नागरिकहरुको समस्यामा मलम लगाउने कार्य गरिरहेका छन् ।
उनले हालसम्ममा दुखी, विपन्न तथा दलित व्यक्तिहरुलाई सहयोग गरि सकेका छन् । यसै क्रममा उहाले कौडेना गाउँपालिका वडा नं. १ बस्ने मनोहरी देवी बैठालाई छोरीको विबाह गर्न नगद रु. १० हजार सहयोग गरेका छन् । समृद्ध सर्लाही निर्माणका अभियन्ता समेत रहेका डा. झा अति विपन्न, बुवा गुमाएका छोरीहरुलाई सहयोग गर्दै आइरहेका छन् ।
उनले केही दिन अघि मात्र कविलासी नगरपालिका वडा नं. ९ निवासी बिन्देश्वर ठाकुरको छोराको नेशनल मेडिकल कलेज बिरगंजमा उपचार गराउनको लागि समेत रु. ५० हजार आर्थिक सहयोग गरेका थिए । डा. झा बाल रोग विशेषज्ञ डाक्टर हुन् । उनले अस्पतालमा विपन्न नागरिकका बालबालिकाहरुलाई निःशुल्क उपचार समेत गर्दै गरेको प्रशस्त उदाहरणहरु छन् ।
उनले सर्लाहीमा बेसाहारा विपन्न नागरिकको अहिले सहारा बन्दैँ उदाहरणीय तथा सराहनीय कार्य गर्दै आइरहेका छन् । त्यस्तै उनले शितलहर प्रभावित अति विपन्न नागरिकलाई समय समयमा न्यानो कपडा समेत वितरण गरेका छन् । डा झा. ले दलित विपन्न नागरिकहरु जस्तो समस्या पर्दा पनि हेर्ने गर्नुभएको छ । डा. झाले आफूले गरिब दुखीको समस्यामा सहयोग गर्न पाउँदा आत्म सन्तुष्टि तथा ठुलो खुशी महसुस भएको बताए ।






