Sunday, June 7, 2020
Home Breaking News बन्दुकको गोली लागेर महिलाको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

बन्दुकको गोली लागेर महिलाको मृत्यु, श्रीमान प्रहरी नियन्त्रणमा

बाजुरा(मार्तडी) । जिल्लाको गौमूल गाउपालिका वडा नम्बर ४ मा एक महिलालाई गोली लागेर मृत्यु भएको छ । बुधबार राति ३३ वर्षीया सुन्तु रोकायाको घरमै राखिराखेको भरुवा बन्दुक पट्किदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुरा प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

भरुवा बन्दुक भैसी गोठमा राखिएकाको थियो भने सुन्तुलाई गोठमै मृत अवस्थामा फेला पारिएको प्रहरी नायव उपरिक्षक भट्टराईले बताए । गौमुल गाउपालिकाको केन्द्र घटमुना प्रहरी चौकीबाट प्रहरी टोली गएको र मृतकका श्रीमान गोरख रोकायालाई एक थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । मृतक सन्तुको टाउको बिच भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानको लागि प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नको कमाण्डमा टोली घटना स्थल पुगिसकेको छ भने थप अनुसन्धानको लागि अहिले प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्राई नेतृत्वको टोली पनि सदरमुकाम मार्तडीबा गौमुल तिर लागको छ । घटना के कति कारणले भएको हो, थप बिबरण प्रहरी नायवउपरिक्षको टोली पुगेपछि थाहा हुने जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ ।

आगलागिमा परेर एक बालिकाको मृत्यु

बुढीनन्दा नगरपालिका ९, पाण्डुसैनमा आगोले पोलिएर एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हनेमा दलबहादुर बोगटीकी ४ वर्षिया छोरी आसामा बोगटी रहेकी छन् । उनको बुधबार घर नजिकैको परालको कुन्यूमा आगलागी भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिएका छन् ।

आसामा बोगटीसंगै एक जना अर्का बालिका भने आगोबाट बाँच्न सफल भएको रोकायाले बताएका छन् । बोगटीलाई आगोले पोलपछि शक्त घाईते अवस्थामा फेला पारीएको हो । पोलिएको केही समयमै उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

बालिकाको मृत्युको खबर पश्चात प्रहरी निरीक्षक दानबहादुर रोकाया नेतृत्वको टोली घटना स्थल पुगेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याईदै गरेको प्रहरीले जानकारी दिएको छ । आगो कस्ले र किन लगाएथप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले बताएको छ ।

(Visited 123 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

अझै पूर्वप्रधानमन्त्रीहरूबाट कार्यविधिविपरीत सुरक्षाकर्मीको दुरुपयोग

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा कार्यविधिविपरीत खटिँदै आएका १ सय २० जना सुरक्षाकर्मी फिर्ता भएका छन्् । तर, पूर्वप्रधानमन्त्रीहरूले भने अझै पनि सरकारी कार्यविधि...

क्वारेन्टाइनमा मृत्यु भएका वृद्धकाे शव व्यवस्थापन गरियो

बाजुरा ।  खप्तड छेडेदह गाउँपालिका– ७ स्थित मष्टा आधारभूत विद्यालयको क्वारेन्टिनमा मृत्यु भएका वृद्धको शव व्यवस्थापन गरिएको छ । स्वाब सङ्कलन गरेर धनगढी पठाएपछि...

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

भर्खरै

विदेशमा नेपालीको मृत्यु र कोरोना संक्रमण दरमा उल्लेख्य कमी

लण्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिवार (६ जुन २०२०) साँझसम्म विदेशमा नेपालीहरुको मृत्यु र संक्रमणको दर उल्लेख्य रुपमा...

लकडाउनमा सन्देश श्रेष्ठले ल्याए तीन म्युजिक भिडियो

काठमाडौं । गायक एवं संगीतकार सन्देश श्रेष्ठले लकडाउनका बेला तीनवटा म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । मेरो सलाम, सँगसँगै र हामी भुल्दैनौँ बोलको भिडियो...

काठमाडाै‌ंमा घाम लाग्याे, मौसममा सुधार हुने

काठमाडाै‌ं ।  आइतवार बिहानैदेखी काठमाडाैमा घाम लागेकाे छ ।  केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ ।...

बेलझुण्डीबाट १० जना काेराेना जितेर घर फर्के

दाङ । दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका...

धेरै पढिएका

ई-पेपर

(Visited 35 times, 1 visits today)