काठमाडौं । लामो समयदेखि सुस्ताएको फेशन शोलाई माथि उठाउन आइसी कलेजले यही शुक्रबार काठमाडौंमा फेशन शो गर्ने भएको छ । सो कलेजले पत्रकारहरुलाई सो ’bout जानकारी गराएको छ ।
सो कलेजका अनुसार यो फेशन शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जंग कार्की, मोडल सविता कार्की, जेड दीपिका गारेटलगायतका सिनेकर्मी तथा मोडल एकै ¥याम्पमा उत्रने भएका छन् ।
शुक्रबा साँझ होटल याक एण्ड यतिमा आयोजना हुने ‘१३औं आइसी डिजाइनर रनवे फेसन शोमा उनीहरु शो टपरको रुपमा बिभिन्न आकर्षक पहिरन सहित ¥याम्पमा प्रस्तुत हुन लागेका हुन् । उनीहरु अहिले क्याटवाकको अभ्यासमा रहेको पनि आयोजक पक्षले जनाएको छ । आइसी डिजाइनर रनवेमा भारत, रसिया, सर्बिया लगायतका १३ अन्तराष्ट्रिय मोडलको समेत सहभागीता रहनेछ । नेपालका भने २६ मोडलले पहिरनका नयाँ र आकर्षक डिजाइनहरु प्रस्तुत गर्नेछन् ।

यो फेशन शोमा आइसी कलेजका २०२१ ब्याजका ७३ बिद्यार्थी डिजाइनरहरुले तयार पारेका फरक फरक पहिरन १५ सिक्वेलमा प्रस्तुत हुनेछ । भारतीय कोरियोग्राफर यतिन नरेन्द्र गान्धी समेत सहभागिता रहने फेशन शोको तयारी अन्तिम अबस्थामा पुगेको यसको व्यबस्थापक संस्था नेक्स्ट मोडल्स नेपालका रबी धमालाले बताएका छन् ।
बिगत धेरै बर्षदेखि नियमित आयोजना हुँदै आएको यो फेसन सोको अवको सिजनमा आइसी डिजाइनर रनवेको मुख्य उदेश्य नेपाली फेसन डिजाइनरको प्रचारप्रसार गर्दै उनीहरुले डिजाइन गरेका नेपाली फेसनका आकर्षक डिजाइन अन्तराष्ट्रिय स्तरमा पुर्याउनु मुख्य उदेश्य रहेको आयोजक आइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले सञ्चारकर्मीलाई बताएकी छिन् ।






