सिमामा सशस्त्रले थाल्यो २४ घण्टा सातैदिन पैदल गस्ती

वीरगन्ज । ‘सीमा उपारबाट पिल्लर सार्ने र नेपाली भूमि बार्ने’ विगतले निरन्तरता नपाओस् भन्ने पर्साको ठोरीवासीको चाहना गलत थिएन । यत्ति चाहना माथि पनि विगतमा केही भारतीय सुरक्षाकर्मी र केही उपारका मानिसबाट हस्तक्षेप हुँदा उनीहरु अलि सशंकित थिए । तर ठोरीवासीको आशंका अब हट्छ कि भन्ने विश्वास जगाएको छ सशस्त्र प्रहरी बल नेपालले ।

नेपाल र भारतको सीमा नजिकमा पर्ने ठुटे खोला छेउमा उताबाट केही हस्तक्षेप हुने र पटक–पटकको झडपले विगतमा पर्साको ठोरीवासी सशंकित थिए । छिमेकी–छिमेकीका बीचमा यस्तो नहोस्, सीमा अतिक्रमण दुवैतर्फबाट नहोस्, मिलेर बसौं भन्ने मात्र उनीहरुको चाहना थियो । यो चाहनामा स्थानीय सम्यन्त्र पनि चुक्दा कहिले काही समस्या देखिन्थो । ठोरीवासीको चाहनासँग आम नेपाली र आम भारतीयको पनि मत नमिल्ने चाही होइन ।

तथापि सीमामा हुने केही व्यवहारले वेला–वखत सीमामा हल्का खटपट भने देखिन्थो । त्यो खटपटबाट अब ठोरीवासी अलि आश्वस्त हुनुमा दुवै छिमेकीका सुरक्षाकर्मीको संयुक्त सीमा गस्ती प्रारम्भले हो । त्यो पनि २४ घण्टै र सातै दिन नियमित । आपसी मत–मतान्तर र सीमामा हुने अवैध गतिविधि सकेसम्म नहोस् भनी नेपालको सशस्त्र प्रहरी बल नेपालले ‘सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ सुरु गरी त्यसै कार्यक्रम अन्तर्गत भारतीय सुरक्षाकर्मीसँग पनि सहकार्यको हात बढाएको जनाएको छ ।

गएको आईतबार अर्थात यहि चैत ११ गते पर्साको ठोरीबाटै दुवै देशका सुरक्षाकर्मीको सौहार्दपूर्ण गस्ती सुरु भएको छ । नेपाल र भारतको मैत्रीपूर्ण यो व्यवहार विश्वका अरु देशका लागि पनि अनुकरणीय झैं देखिन्थो । सशस्त्र प्रहरीले दुवै देशका सुरक्षाकर्मी सहित सीमामा गस्ती बढाएपछि मधेश प्रदेशको पर्साका ठोरीवासीको पनि पुरानो घाउ केही मत्थर हुने संकेत गरे । दुई छिमेकीका बीचमा सौहार्दपूर्ण व्यवहार होस् भनी सशस्त्र प्रहरीले सीमासँग सशस्त्र प्रहरी कार्यक्रम सुरु गरेको जनाएको छ ।

अन्तर्राष्ट्रिय सीमा सुरक्षा पनि थप प्रभाकारीता बनाउन नेपाल भारत दुवै देशका सुरक्षाकर्मीहरु सम्मिलित सुरक्षा गस्ती सुुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल गण नं.१३ ले पनि जनाएको छ । यो कार्यक्रम सशस्त्र प्रहरीको ‘सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत मधेश प्रदेशका ८ वटै जिल्लाको सीमामा चलाइने मधेस प्रदेशस्थित २ नं. छिन्नमस्ता बाहिनी बर्दिवासले खुलासा गरेको छ । गएको आईतबार पर्साको ठोरीबाट सुरु भएको सीमा गस्ती कार्यक्रम सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले भारतीय सुरक्षाकर्मीसँगको समन्वयमा गरेको छ ।

पर्साको ठोरी गाउँपालिका–१, भगवान नगरबाट सशस्त्र प्रहरी निरीक्षको कमाण्डमा सीमा पैदल गस्ती सुरु भएको सशस्त्र प्रहरी बल नेपाल गण नं.१३ का गणपति प्रहरी उपरीक्षक किसन कर्माचार्यले बताए । सीमा सुरक्षाको संवेदनशिलतालाई मध्यनजर गरी सशस्त्र प्रहरी बल, नेपालले परिचालन गरेको कार्यक्रम अन्तर्गत सीमाको सुरक्षा अवस्थालाई अझै परिस्कृत, प्रभावकारी एवं नतिजामुखी बनाउन यो संयुक्त गस्ती थालनी गरिएको उनको भनाइ छ । अन्तराष्ट्रिय सीमाना नजिकका नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभुति दिलाउन तथा त्रुटी रहित ढंगबाट कार्य सम्पादन गर्नु वाहेक सुरक्षाकर्मीको अर्को उद्देश्य नभएको उनको तर्क छ ।

‘सहकार्य र समन्वयमा पनि हामी निरन्तर लागिरहेका छौ’ं उनले भने । अन्तराष्ट्रिय सीमा सुरक्षामा थप प्रभावकारिता ल्याउन सीमा क्षेत्र लक्षित नियमित २४ घण्टा सातै दिन सीमामा पैदल गस्ती हुन्छ’ प्रहरी उपरीक्षक कर्माचार्यले बताए । बिहिबार पर्साको सीमा गस्ती सकेर बारा जिल्लामा रहेको सशस्त्र प्रहरी गण नम्बर १२ को टोलीको कमाण्डमा रहने गरी गस्ती अगाडी बढाइएको छ । पर्साको अलौबाट गस्तीको कमाण्ड बुझेर आफूहरु बारामा पर्ने सीमामा नै गस्ती गरिरहेको सशस्त्र प्रहरी बल नेपाल गण नं. १२ का सशस्त्र प्रहरी निरिक्षक मुकेश प्याकुरेलले बताए । ३५ जनाको टोली निरन्तर सीमामा नै खट्ने छौं उनले भने ।

बारापछि रौतहट हुँदै सशस्त्रको टोली सप्तरी सम्म पुग्ने र पुन टोली सीमामा नै परिचालित भइरहने सशस्त्र प्रहरी बलले उल्लेख गरेको छ । सीमामा हुने यस्तो गस्तीले सीमा क्षेत्रमा अवैध कारोवार कम हुने र सीमा सुरक्षालाई पनि मजबुत बनाउन बल पुग्ने सशस्त्र प्रहरीको दावी छ ।

पहिलो पटक सीमामा सुरु भएको गस्तीको सुभारम्भ स.प्र.बल नेपाल गण नं. १३ हे.क्वा.पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यले गरे । उक्त सीमा गस्तीमा भारतीय समकक्षी एसएसबी ४४ बीएनका प्रतिनिधि, ठोरीस्थित सीमा सहजिकरण समितिका पदाधिकारी र स्थानीय संचारकर्मी समेतको उपस्थिति रहेको थियो । गस्तीको कमाण्ड सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षकले गर्ने गरी यो कार्यक्रम अगाडी बढाइएको पनि जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

रसुवा बाढीको साइड इफेक्ट : सीडीओ परियारलाई फिर्ता बोलाइयो